शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

मुटुरोगीलाई सहयोग

मुटुरोगीलाई सहयोग


  • ढोरपाटन संवाददाता
  • बैशाख १४ २०८१, शुक्रबार

स्याङ्जा/स्याङ्जा सहयोग समाज जापान र स्याङ्जा सहयोग समाज अन्तर्राष्ट्रिय समन्वय समितिले एकजना मुटुरोगीलाई सहयोग गरको छ ।
सहयोग पाउनेमा पुतलीबजार नगरपालिका वडा नं. १४ निवासी चन्द्रबहादुर गायक रहेका छन् ।
एक वर्ष अगाडि भएको हृदयघातपछि मनमोहन कार्डियोलोजि काठमाडौंमा उपचाररत गायकलाई एक लाख १६ हजार पाचँ सय रुयैयाँ नगद सहयोग प्रदान गरिएको हो ।
गायकलाई स्याङ्जा सहयोग समाज जापानका उपाध्यक्ष पुतलीबजार १४ निवासी भुवन गिरीको संयोजकत्वमा जापानमा रहेका ४८ जना नेपालीबाट संकलित सहयोग रकम एक लाख पाँच हजार र स्याङ्जा सहयोग समाज अन्तर्राष्ट्रिय समन्वय समितिबाट ११ हजार नगद सहयोग गरिएको हो ।
स्याङ्जा सहयोग समाज अन्तर्राष्ट्रिय समन्वय समितिका संस्थापक अध्यक्ष अनन्तकुमार श्रेष्ठले विभिन्न देशमा अप्ठ्यारोमा परेका नेपालीहरुलाई सहयोग गर्ने अभियानले स्थापित समाजले विभन्न समयमा सहयोग गरिएको बताए ।
विदेशी अनुभव र सीपको उपयोग नेपाली भूमिमा गर्न र नेपालको उत्पादन विदेशमा बजारीकरणका लागि आगामी दिनमा ध्यान दिनुपर्ने उहाको भनाई थियो ।
कार्यक्रममा स्याङ्जा सहयोग समाज अन्तर्राष्ट्रिय समन्वय समितिका निवर्तमान अध्यक्ष टुकराज अर्यालले समस्यामा परेकाहरुलाई हाल सम्म आठ करोड बढी रकम सहयोग गरेको र संस्थाले एक करोड रुपैयाँको अक्षयकोषसमेत स्थापना गरेको जानकारी गराए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->