आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

प्रदेश स्तरीय खुल्ला जिम्न्याष्टिकमा कास्की च्याम्पियन

प्रदेश स्तरीय खुल्ला जिम्न्याष्टिकमा कास्की च्याम्पियन


  • ढोरपाटन संवाददाता
  • असार १८ २०८१, सोमबार

पोखरा/तेस्रो गण्डकी प्रदेश स्तरीय खुल्ला जिम्न्याष्टिक प्रतियोगितामा कास्की जिल्ला जिम्न्याष्टिक संघ च्याम्पियन भएको छ ।
प्रदेश खेलकुद परिषद गण्डकी प्रदेशको आयोजना तथा गण्डकी प्रदेश जिम्न्याष्टिक संघको व्यवस्थापनमा भएको प्रतियोगितामा पुरुष र महिला दुवैतर्फ प्रथम हुदै कास्की जिल्ला जिम्न्याष्टिक संघ च्याम्पियन भएको हो ।
पुरुष तर्फ कास्की प्रथम हुदा कान्तिपुर जिम्न्याष्टिक क्लब दोस्रो र पर्वत जिल्ला जिम्न्याष्टिक संघ तेस्रो भए ।
त्यसैगरी महिला तर्फ कास्की जिल्ला जिम्न्याष्टिक संघ प्रथम, अञ्जुली जिम्न्याष्टिक क्लव दोस्रो र स्या∙जा जिल्ला जिम्न्याष्टिक संघ तेस्रो भए ।
प्रतियोगिताको जुरीमा योगेन्द्र गुरुङ, सोमबहादुर शाही, दिल जैसी, क्या.ताराप्रसाद श्रेष्ठ र रविन्द्र तझ्याकाजी रहनुभएको थियो ।
गण्डकी प्रदेश जिम्न्याष्टिक संघका अध्यक्ष योगेन्द्र गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष राजु केसी, खेल संयोजक तथा कोषाध्यक्ष राजु कायस्थ र सचिव प्रकाशचन्द्र सापकोटा कास्की जिल्ला जिम्न्याष्टिक संघका सचिव गौतम चौधरीले मन्तव्य राखेका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->