शनिबार, कार्तिक १ २०८३

शनिबार, कार्तिक १ २०८३
  • १ कार्तिक २०८३ , शनिबार
  • October 17 2026

मनाङबाट निकासी भयो ३२ किलो यार्सागुम्बा

मनाङबाट निकासी भयो ३२ किलो यार्सागुम्बा


  • ढोरपाटन संवाददाता
  • साउन १२ २०८१, शनिबार
फाइल तस्विर

मनाङ / मनाङको तल्लो क्षेत्रमा यार्सागुम्बा संकलन कार्य सम्पन्न भएको छ । उक्त क्षेत्रबाट ३२ किलो ५०० ग्राम यार्सागुम्बा निकासी भएको छ ।

अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) इकाई मनाङका प्रमुख ढकबहादुर भुजेलले असार मसान्तसम्ममा उक्त परिमाणको यार्सागुम्बा संकलन तथा निकासी भएको जानकारी दिए ।

उक्त परिमाणको यार्सागुम्बा निकासीबाट १६ लाख ५७ हजार ५०० राजस्व संकलन भएको उनले बताए । यार्सा निकासीका लागि प्रतिकिलो ५१ हजार कर लिने गरिएको छ ।

निकासी गरिएको कर ५१ हजारमध्येबाट १० हजार संरक्षण क्षेत्र व्यवस्थापन समिति तथा १० हजार स्थानीय तहलाई उपलब्ध गराइन्छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->