मंगलबार, कार्तिक ३ २०८३

मंगलबार, कार्तिक ३ २०८३
  • ३ कार्तिक २०८३ , मंगलबार
  • October 20 2026

बागलुङबाट सल्लाहकार परिषदमा पौडेल र केन्द्रिय सदस्यमा चालिसे मनोनित

बागलुङबाट सल्लाहकार परिषदमा पौडेल र केन्द्रिय सदस्यमा चालिसे मनोनित


  • ढोरपाटन संवाददाता
  • साउन १७ २०८१, बिहिबार

बागलुङ/ नेकपा एमाले बागलुङका नेता जनक पौडेल पार्टीको केन्द्रिय सल्लाहकार परिषदको सदस्य र मञ्जु शर्मा चालिसे केन्द्रीय सदस्यमा मनोनित भएका छन् । बिहिबार बसेको पार्टीको सचिवालय बैठकले पौडेललाई सल्लाहकार परिषदको केन्द्रिय सदस्य र चालिसेलाई केन्द्रिय सदस्यमा मनोनित गरेको हो । बैठकले चालिसेसहित १७ जनालाई केन्द्रिय सदस्यमा मनोनित गरेको हो ।

पौडेल एमाले गण्डकी प्रदेश कमिटिका निवर्तमान सचिवालय सदस्य र चालिसे गण्डकी प्रदेश कमिटि सदस्य हुन् । दुई कार्यकाल एमाले बागलुङको नेतृत्व हाँकेका पौडेल बागलुङ नगरपालिकाका निवर्तमान नगर प्रमुख हुन् । चालिसेले कांग्रेस परित्याग गरी २०७९ को संसदीय निर्वाचनमा बागलुङ क्षेत्र नं। २ बाट संघीय संसदका लागि एमालेकी उम्मेदवार बनेकी थिइन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->