आइतबार, कार्तिक २ २०८३

आइतबार, कार्तिक २ २०८३
  • २ कार्तिक २०८३ , आइतबार
  • October 18 2026

पहिरोले लमजुङको उदिपुर-बेसीशहर सडक खण्ड क्षतविक्षत

पहिरोले लमजुङको उदिपुर-बेसीशहर सडक खण्ड क्षतविक्षत


  • ढोरपाटन संवाददाता
  • साउन १७ २०८१, बिहिबार

लमजुङ / निरन्तरकाे भारी वर्षाले लमजङकाे डुम्रे-बेसीशहर-चामे सडकखण्ड अन्तर्गतको उदिपुर-बेसीशहर खण्ड क्षतविक्षत भएको छ। बिहीबार दिउँसोको मुसल्धारे वर्षासँगै खसेको पहिरोले यस खण्ड अन्तरगर्तका चार ठाउँमा सडक अवरुद्ध बनेकाे छ।

बेसीशहर नगरपालिका-१ उदिपुर बजारमा लेदेसहितकाे पहिरो खस्दा सवारी आवगमनमा समस्या भएको छ। यसैगरी अँधेरीखोला र नेपाली सेनाको गेट अगाडि दलाल क्षेत्रमा पनि पहिराे‍ खसेको छ। पहिरोले सडक अवरुद्ध बनेपछि सवारी आवगमन दुवै तर्फ रोकिएका छन्। सयौँ यात्रु जामको सास्ती खेप्न बाध्य छन्। जोखिम मोल्न नचाहाने कतिपयले हिँडेरै आफ्नो यात्रा तय गरिरहेका छन्।

डुम्रे बेसीशहर चामे सडकखण्डका इन्जिनियर सुमन अधिकारीले सबै ठाँउका पहिरो पन्छाउने काम भइरहेको जानकारी दिए। ‘सबै ठाउँमा सफा गर्ने काम भइरहेको छ। एकैछिनमा सफा भएर, सवारी आगमन सुचारु हुनेछ।’ उनले भने। इन्जिनियर अधिकारीले दलालमा एक बाेलेराे जिप लेदोमा फसेका कारण केही क्षण समस्या भए पनि ठुलो कुनै समस्या नभएको बताए।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक थानेश्वर चपाईंले विभिन्न ठाउँमा खसेको पहिरोले सडक अवरुद्ध भएता पनि कुनै क्षति नभएको जानकारी दिए। उनका अनुसार डुम्रे-उदिपुर खण्डमा कुनै समस्या छैन। उदिपुर-बेसीशहर खण्डमा पनि सबै ठाउँका पहिरो हटाउने कार्य भइरहेको छ।

तस्बिर सौजन्य: रवीन्द्र रिमाल/लमजुङ

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->