बागलुङ/ बागलुङमा पहिरोमा पुरिएर सात जनाको मृत्यु भएको छभने चार जना घाईते भएका छन् । पहिरोमा पुरिएका चार जनाको जीवितै उद्धार गरिएको ।
बडिगाड गाउँपालिका–९ मा एक घर पुरिँदा दुई जना र १० मा चार घर पुरिँदा पाँच जनाको मृत्यु भएको हो । मंगलबार बिहान पहिरोले घर पुर्दा बेपत्ता भएका मध्ये ६ जनाको शव भेटिएको सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले जानकारी दिए ।
पहिरोमा पुरिएका घरबाट चार जनाको जिवीतै उद्धार गरिएको छ । घाईते अबस्थामा उद्धार गरिएका मध्ये दुई जनाको अबस्था समान्य र थप दुईजनाको अबस्था गम्भिर छ । मृतक र घाईते सबैलाई बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्र लगिँदै छ । घटनामा मृत्यु हुने लगायतको नाम थरसहितको बिबरण खुल्न बाँकी छ ।





