बागलुङ/रोट्रयाक्ट क्लव अफ बागलुङको १४ औं पदस्थापना कार्यक्रम सम्पन्न भएको छ । सामाजिक, रचनात्मक तथा युवाहरुको नेतृत्व विकासमा सक्रिय क्लवको १ वर्ष, १ पद, १ व्यक्ति अनुरुप पदस्थापन कार्यक्रम गरिएको हो ।
क्लवको रोटा वर्ष २०२३/०२४ का अध्यक्ष सुस्मिता केसीले रोटा वर्ष २०२४÷२५ का अध्यक्ष सौरभ केसीलाई पदभार हस्तान्तरण गरिन् । उनले क्लवका सामाग्रीसहित कोलार बुझाएर पदभार हस्तान्तरण गरेकी हुन् ।
वर्ष २०२४/२५ का अध्यक्ष सौरभ केसीलाई रोट्रयाक्ट डिस्ट्रीक ३२९२ नेपाल भुटानका एडिआरआर विश्वदर्शन पराजुली, रोटरी क्लव अफ बागलुङका अध्यक्ष रामकृष्ण शर्मा, रोट्रयाक्ट क्लव अफ बागलुङका पूर्व अध्यक्ष नविन पन्त, शिवबहादुर केसी र झोकेन्द्र थापाले पदस्थापन गराएका थिए । केसीको बारेमा पूर्व अध्यक्ष ताराप्रसाद शर्माले जानकारी दिएका थिए ।
कार्यक्रममा रोट्रयाक्ट डिस्ट्रीक ३२९२ नेपाल भुटानका एडिआरआर विश्वदर्शन पराजुली, बागलुङ नगरपालिका २ का अध्यक्ष सुरज बोसेल, रोटरी क्लव अफ बागलुङका अध्यक्ष रामकृष्ण शर्मा, जोन १६ का जेडआरआर डा. अनुपा वाग्ले, रोट्रयाक्ट डिस्ट्रीक ३२९२ नेपाल भुटानका एडिएस गौरव सुवेदी, रोट्रयाक्ट क्लव अफ बागलुङका पूर्व अध्यक्ष नविन पन्त, रोटा वर्ष २०२३/२४ का अध्यक्ष सुस्मिता केसी र २०२४/२५ का अध्यक्ष सौरभ केसीले मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रम क्लवका निर्वतमान अध्यक्ष झोकेन्द्र थापाको स्वागत, सचिव तारा केसी र सन्तोष बोहोराको संचालन तथा आगमी अध्यक्ष सुनिल गौतमको धन्यावाद मन्तव्यसहित सम्पन्न भएको थियो ।





