मंगलबार, कार्तिक ३ २०८३

मंगलबार, कार्तिक ३ २०८३
  • ३ कार्तिक २०८३ , मंगलबार
  • October 20 2026

दिगो विकासमा युवाको योगदानबारे अन्तरक्रिया

दिगो विकासमा युवाको योगदानबारे अन्तरक्रिया


  • ढोरपाटन संवाददाता
  • साउन २८ २०८१, सोमबार

बागलुङ/अन्तराष्ट्रिय युवा दिवशको अवसरमा युवाहरुमा डिजिटल प्रविधिको प्रयोग र दिगो विकासमा युवाहरुको योगदान विषयक अन्तरक्रिया, छलफल तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।
चारतारे युवा क्लब (सिवाईसी नेपाल)को आयोजनामा जिल्लाका विभिन्न विद्यालय र क्यामपसका युवा, संघसंस्थाका कार्यरत युवा तथा स्वरोजगारमूलक काम गरेका युवा समेत गरी १ सय २० युवाको सहभागितामा उक्त कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा सिवाईसी नेपालका अध्यक्ष चण्डीप्रसाद शर्माले सकारात्मक सोच, बुटवलदेखि आएका युवा युद्यमी सुर्दशन पन्तले उद्यमको विकास र स्वदेशमै उद्यम बन्ने विषयमा प्रशिक्षण तथा प्रस्तुतीकरण गरेका थिए । कार्यक्रममा प्रहरी उपरीक्षक ऋषिराम कंडेलले युवाहरुलाई अपराधबाट जोगाउने विधिबारे प्रशिक्षण गरे ।
पछिल्लो समय साइबर क्राइममा युवा फसेको, दुव्र्यसनमा परेर जेल गएको घटना बढेको भन्दै कंडेलले अहिले देखिनै विद्युतीय वस्तुको प्रयोग गर्दा व्यवसाय प्रवद्र्धन, अनुशासन र मेहेनतको काम सिक्न आग्रह समेत गरे ।
उद्यमी पन्तले कृषि व्यवसायिकीकरणमा युवा आकर्षित गर्न ग्रिनहाउस उत्पादन, कृषिक्षेत्रको प्रविधि विकास र कृषि फसल लगाउने र टिप्ने समयबारे जान्न सक्नुपर्ने बताए । समय नमिल्दा उत्पादन नभएको, लागत बढेको तथा बजार नपाइएको कुरा बुझ्न सकेमा युवाहरु विदेश जान नपर्ने बताए । नेपालले हाल आयात गरिरहेका कृषि फसललाई समय मिलाएर उत्पादन र बजारीकरण गर्न सके दुइ तिहाइ युवा स्वरोजगार बन्न सक्ने उनको धारणा थियो ।
सिवाईसीका अध्यक्ष शर्माले भने युवालाई राजनीतिक दलले भोट बैंक मात्र बनाएको तर उद्यम नसिकाएको बताए । अबका दिनमा हरेक युवाहरु उत्पादनमा जोडिनुपर्ने भन्दै बजार खोज्ने काममा राजनीतिक नेतृत्व, सामाजिक अगुवाले चासो दिनुपर्ने धारणा राखे । सिवाईसी नेपालका सचिव बीरबहादुर किसानको संचालनमा भएको कार्यक्रममा युवाहरुले विदेश जानै नपर्ने गरी स्वदेशमा रोजगारीको ग्यारेन्टी गराउने वातावरण चाहिएको माग गरे ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->