शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

आमा सुरक्षामा अब्बल गाउँ

आमा सुरक्षामा अब्बल गाउँ


  • प्रकाश बराल
  • भाद्र १ २०८१, शनिबार

बागलुङ/सहरमा सुविधासम्पन्न अस्पताल छन्, चिकित्सक पनि प्रसस्त बस्छन् । भन्ने वित्तिकै एम्बुलेन्स कुँदाउन पाइन्छ । जटिल समस्या आए अर्को अस्पताल पुग्न पनि समय लाग्दैन । तर, गाउँमा अझै यातायात सेवा छैन । न दक्ष चिकित्सक छन् । तर पनि बागलुङका विकट मानिएका दुई पालिका होम डेलीभरीमा शुन्य बनेका छन् । यो सहरी र नगरपालिकाहरुलाई चुनौतीको विषय हो । विशेष भूगोलमा रहेका साना र आर्थिक श्रोत नभएका पालिकाले नै आमा स्वास्थ्यमा यतिधेरै फड्को मारेका हुन् ।

त्यसको उदाहरण दिंदै बरेङ गाउँपालिका ४ की ३० वर्षिय अनिता खत्री भन्छिन्, ‘संस्थामा पुगेर प्रसुती सेवा लिंदा आमा र शिशुको जीवन सुरक्षाको महसुस भयो ।’ त्यसो त उनका चार सन्तान छन् । जेठी छोरी निसा १४ वर्षकी भइन् । माइली अनुषा ११, ठूलीकान्छी खुसी ४ र हाल उनको काखमा १ वर्षिय छोरा दिप्सन् छन् । जेठी र माइली छोरी जन्मंदा बरेङको सल्यान र सुखौरा, बाटाकाचौर कतैपनि बर्थिङ सेन्टर थिएन । त्यसैले सामान्य समस्या भएपनि गुल्मीको शान्तिपुर पुग्नु पथ्र्यो । जटिल समस्या हुँदा पाल्पा पुग्नुपर्ने बाध्यता थियो । समयमा पाल्पा पु¥र्याउन नसक्दा सल्यान, सुखौराका महिलाले ज्यान गुमाउनु परेका घटना समेत थिए । २०७२ देखि सल्यानमा बर्थिङ सेन्टर संचालनमा छ । सुखौरामा त्यसपछि शुरु भयो । अहिले त बरेङका ५ वटै वडामा बर्थिङ सेन्टर छन् । जसको कारण महिलालाई नियमित गर्भ परीक्षणदेखि सुत्केरी हुन सहज भएको छ ।

दुइ सन्तान घरमै जन्माएकी अनिताले दुइलाई स्वास्थ्य संस्थामा जन्माउन पाइन् । ‘पाल्पा पुग्नुपर्दा कम्तिमा २० हजार लाग्थ्यो । दुःख त्यस्तै हुने’ खत्रीले भनिन्, ‘जे जस्तो होला भनेर घरमै जन्माइयो, तरपनि स्वास्थ्यकर्मीलाई बोलाएका थियौं र बाँच्यौं ।’ कतिपयले हजारौं खर्चेर पनि ज्यान जोगाउन सकेनन् । उनले गाउँमा बर्थिङ सेन्टर खुलेपछि धेरै सहज भएको बताइन् । पछिल्ला दुइ सन्तानको पालामा वडामै रहेको स्वास्थ्य चौकीमा सुत्केरी हुन पाएकोमा उनी खुसी छिन् । आफ्नो खर्च पनि लागेन, स्वास्थ्यकर्मी छन् भनेपछि ढुक्क पनि भयो । आवस्यक औषधी पनि यहींबाट पाइयो । सुत्केरीपछि हुने सबैखाले समस्याबारे पनि बुझ्न पाएको र केही अप्ठ्यारो पर्दा सबैको सहयोग पाएको उनले बताइन् ।

दुइ वर्षदेखि त बरेङका कोही पनि घरमा सुत्केरी भएका छैनन् । ‘हामीले वडा वडामा पुगेर सबै गर्भवतीको लिखितै तथ्यांक राखेका छौं’ गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख पदमबहादुर पुनले भने, ‘समस्या पर्नेहरुलाई समयमै सुरक्षित स्थानमा पठाएका छौं ।’ गाउँपालिकाले स्वास्थ्य संस्थामा सुत्केरी भएकालाई एक हजारदेखि ३ हजार रुपैयाँसम्म गाडी भाडा दिने गरेको छ । पाल्पा रिफर गर्नुपर्ने भए पनि न्युनतम ५ हजार भाडा दिने गरिएको छ । पुनको तथ्यांकमा कोही पनि होम डेलीभरी भएका छैनन् । ‘हामीले त स्वास्थ्य कार्यालयलाई पत्र नै लेखिसकेका छौं, हामी जिल्लाको पहिलो पालिकामा दर्ता हुन चाहेका छौं’ पुनले भने, ‘शुन्य होमडेलीभरी गर्ने पहिलो पालिका घोषणा गरिनुपर्छ ।’ बरेङको पत्र पाइसकेको र उचित समयमा अनुगमन गरेर घोषणा गर्ने तयारी रहेको जनस्वास्थ्य निरीक्षक लक्ष्मी शर्माले बताइन् । गाउँपालिकाको तथ्यांक अनुसार गत आर्थिक वर्ष मात्र बरेङका १ सय ३३ जनाले स्वास्थ्य संस्थामा सुत्केरी भएका छन् । ४० प्रतिशत वडा तहमै सुत्केरी भएका छन् भने झण्डै ६० प्रतिशतले सदरमुकाम, पाल्पा र बुटवल पुगेर पनि स्वास्थ्य संस्थामै सुत्केरी भएको रेकर्ड राखेको पुनले बताए ।

बरेङका सबै स्वास्थ्य संस्थामा आवस्यक पर्ने न्युनतम उपकरण उपलब्ध छन् । पालिकाको आफ्नै एम्बुलेन्स छ । शिशु जन्मेपछि न्यानो पार्ने बेबीवार्मर मेसिन, अन्य उपकरण र ल्याब भएकोले पालिकाले अब स्वास्थ्यमा फड्को मार्ने गाउँपालिका अध्यक्ष कृष्णप्रसाद पौडेलले बताए । सुत्केरी हुँदा जनप्रतिनिधिले खानेलाई माछामासु, नखानेलाई घिउ लगेर भेट्न जाने व्यवस्था पनि बनेको छ । यो अवस्थाले प्रसुती सेवा भरपर्दो भएको सल्यान स्वास्थ्य चौकीकी अनमी प्रमिला पुनले बताइन् ।

afun’ªsf] tdfgvf]nf ufp“kflnsf j8f g+= ^ sf] ghf{vfgLdf :yfkgf ul/Psf] ;fd’bflos :jf:Yo OsfO . ufp“kflnsfsf] cfGtl/s nufgLdf oxf“af6 lgoldt :jf:Yo k/LIf0f ;lxt ;’/lIft ;’Ts]/L ;]jfsf] aly{ª ;]G6/ klg ;+rfng ul/Psf] 5 . tl:a/ M k|sfz a/fn÷sflGtk’/

तमानखोला पनि शुन्यमा झर्दै
दशक अघिसम्म तमानखोलाका कुनैपनि स्वास्थ्य संस्थामा बर्थिङ सेन्टर थिएनन् । नजिकको बुर्तिवाङ प्राथमिक स्वास्थ्य केन्द्र पुग्न एक दिन पैदल यात्रा गर्नुपथ्र्यो । त्यसैले तमानखोला गाउँपालिका ं६ की टिका छन्त्याल ७ वर्षअघि घरमै सुत्केरी भएकी थिइन् । घरमा सुत्केरी हुँदा उनलाई पेट दुख्ने, रगत बग्ने लगायतका समस्या देखियो । घरमै सुत्केरी हुँदा उनको छिमेकीको त मृत्यु नै भयो । गाउँकै छिमेकी मनकुमारी सिर्पाली त अझैपनि बिरामी भैरहन्छिन् । पेटको समस्याले उनी कमजोर हुँदा गह्ुंगो काम गर्न सक्दिनन् । भन्छिन्, ‘घरमै सुत्केरी हुँदा जीवनभर दुःख पाईयो ।’

तीन वर्षदेखि तमानका घरगोठमा सुत्केरी कोही भएका छैनन् । वडा नं. ५ को खुंखानी स्वास्थ्य चौकीकी प्रमुख गरिमा हर्मेलले एकवर्ष अघिनै वडालाई ‘नो होम डेलीभरी’ बनाइएको बताइन् । उनका अनुसार, २०७६÷७७ मा १७ जना घरमै सुत्केरी भएका थिए । ३ जना सदरमुकाम पुगेका थिए । सेन्टर स्थापना भएकै वर्ष २०७७÷७८ मा यहाँका २१ जना महिलाले संस्थामा पुगेर सुत्केरी भए । ३ जना अन्यत्र रिफर भएका थिए । त्यसपछि यो वडामा निरन्तर घरमा सुत्केरी हुने संख्या शुन्य भएको हर्मेलले जानकारी दिइन् ।

सात वर्षअघि तमानका ५० जनासम्म महिला त गोठमा सुत्केरी भएको तथ्यांक छ । २०७४ को निर्वाचनपछि शुन्य होम डेलीभरी बनाउने लक्ष्य शुरु भयो । एकैपटकमा यो समस्या समाधान संभव थिएन । त्यो अभियानलाई गैरसरकारी संस्थाले साथ दिए । पालिकाको अभियानमा ‘फेयरमेड’ सहयोगी भएर आयो । उसले चलाएको ‘ग्रामीण स्वास्थ्य सुधार परियोजना’ र पालिकाको अभियानसँगै संचालन भए ।

परियोजनाले उपकरण र तालिम दिने काममा निरन्तर सहयोग बढायो । हरेक सेन्टरमा चाहिने उपकरणहरु परियोजनाले दिंदा यो अभियान छिटो पुरा भएको हो । उपकरण प्रसस्त भएपछि गाउँपालिकाले वडा नं. १ को बोङगादोभानलाई आधारभूत अस्पताल बनाएको छ । अहिले बोङगादोभान स्वास्थ्य चौकीमा एक जना डाक्टरसहित चौबिसै घण्टा स्वास्थ्य सेवा दिने गरी आधारभूत अस्पतालको सेवा संचालनमा छ । सबैको सहयोग र पालिकाको अगुवाईमा यो स्वास्थ्य चौकी १० शैयाको अस्पताल बनेको गाउँपालिकाका अध्यक्ष जोकलाल बुढाले बताए । त्यसबाहेक वडा नं. ३ को तमानगाउँ र ५ को खुंखानी स्वास्थ्य चौकी, वडा नं. ६ को आधारभूत स्वास्थ्य इकाईमा बर्थिङ सेन्टर स्थापना भयो । डेलीभरी बेड, बेबी वार्मर, सुरक्षित सुत्केरी सेट, सुत्केरी गराउने कोठा समेत परियोजनाले बनाइदिएको छ । वडा नं. ४ को लामेला र ५ को थास्पुरीमा पनि सामुदायिक स्वास्थ्य केन्द्र स्थापना भएको छ । वडा नं. १ को बोङखानी, वडा नं. २ को स्याउला, वडा नं. ६ का भित्रीवन र पात्लेमा स्वास्थ्य परामर्श केन्द्र स्थापना गरिएका छन् ।

स्वास्थ्य शाखाका प्रमुख तिलक छन्त्यालका अनुसार, आ.व. २०७५÷७६ मा ४८ जना महिला होम डेलीभरी भएकोमा २०७६÷७७ मा घटेर ३६ जना पुग्यो । क्रमशः आ.व. २०७७÷७८ मा २६ जना, २०७८÷ ७९ मा ६ जना, २०७९÷८० मा ३ र गत वर्षदेखि शुन्यमा झरेको छ । पछिल्लो तीन वर्षदेखि १ सय ३५ जनाको दरले संस्थागत सुत्केरी भएको रेकर्ड भेटिएको हो । अहिले बुर्तिवाङमा अपरेशन सहितको सुत्केरी सेवा सुरु भएको छ । बर्थिङ सेन्टरमा संभव नहुने अवस्था आएमा तत्काल रिफर गर्ने व्यवस्था छ । जिल्लाभर नै नो होमडेभरी बनाउने लक्ष्य बनाएको र सो अनुसारका कार्यक्रमहरु साझेदार संस्थाको उपस्थितिमा संचालन भएको स्वास्थ्य कार्यालय बागलुङका प्रमुख बाबुराम आचार्यले बताए ।

बागलुङ नगरमा ‘नगरकी छोरी’
बागलुङ नगरपालिकाको तेह्रौ नगरसभाले ‘नगरकी छोरी’ अभियान संचालनमा ल्याएको छ । सामाजिक सुरक्षातर्फ ‘नगरको छोरी’ भन्ने नारा तय गरेको नगरपालिकाले छोरी जन्मेपछि ५ हजार रुपैयाँसहित खाता खोल्ने काम थालेको छ । समाजमा महिला र छोरीप्रतिको नकारात्मक सोच अन्त्य गर्न यो नीति लिइएको नगरप्रमुख बसन्तकुमार श्रेष्ठले बताए । यो अभियानका लागि नगरपालिकाले वर्षेनी आवस्यक बजेट विनियोजन गर्दै आएको छ । नगरपालिकाले बनाएको कार्यविधिमा २० वर्षसम्म उक्त रकम झिक्न नमिल्ने बनाउँदा छोरी जन्माउने अभिभावकले उच्च शिक्षा पढाउन वा छोरीको बिबाह खर्च समेत धान्न सक्ने बनाइएको छ । नियमित बचत गर्दा ती छोरी ६५ वर्षकी पुग्दा खातामा ४ करोड बढी बचत हुने अवस्था आउने अनुमान गरिएको छ । विशेषगरी छोरी भएमा भु्रण हत्या गर्ने प्रवृत्तिबिरुद्ध यो नीति प्रभावकारी भएको श्रेष्ठको दाबी छ । समाजमा छोरीप्रतिको गलत दृष्टीकोण चिरेर सम्मान गर्ने वातावरण बनाउन अभियान प्रभावकारी हुने अपेक्षा छ ।

बागलुङ नगरमा ‘नगरकी छोरी’
बागलुङ नगरपालिकाको तेह्रौ नगरसभाले नगरकी छोरी अभियान संचालनमा ल्याएको छ । सामाजिक सुरक्षातर्फ ‘नगरको छोरी’ नारा नै तय गरेको नगरपालिकाले छोरी जन्मेपछि ५ हजार रुपैयाँ रकमसहित खाता खोल्ने काम थालेको छ ।
समाजमा महिला र छोरीप्रतिको नकारात्मक सोच अन्त्य गर्न यो नीति लिइएको नगरप्रमुख बसन्तकुमार श्रेष्ठले बताए । यो अभियानका लागि नगरपालिकाले वर्षेनी आवस्यक बजेट विनियोजन गर्दै आएको छ ।
नगरपालिकाले बनाएको कार्यविधिमा २० वर्षसम्म उक्त रकम झिक्न नमिल्ने बनाउँदा छोरी पाउने अभिभावकले उच्च शिक्षा पढाउन वा छोरीको बिबाह खर्च समेत धान्न सक्ने बनाइएको छ । नियमित बचत गर्दा ती छोरी ६५ वर्षकी पुग्दा खातामा ४ करोड बढी बचत हुने अवस्था आउने अनुमान गरिएको छ ।
विशेषगरी छोरी भएको पाएमा भु्रण हत्यागर्ने प्रवृत्तिविरुद्ध यो नीति प्रभावकारी भएको श्रेष्ठको दाबी छ । समाजमा बढ्दो छोरीप्रतिको गलत दृष्टीकोण चिरेर सम्मान गर्ने वातावरण बनाउने अभियानमा यो नीति प्रभावकारी हुने उनको भनाइ छ ।

गलकोटमा नागरिक स्वास्थ्यमा प्राथमिकता
गलकोट नगरपालकाले गत असारमा ल्याएको चालु वर्षको नीति र कार्यक्रममा नागरिकको स्वास्थ्यलाई प्राथमिकता दिएको छ । कुनै पनि महिला गर्भवती हुनासाथ नगरपालिकाको निरन्तर निगरानीमा राखिने नीति छ ।


नियमित स्वास्थय संस्थामा गर्भ परीक्षण गरेर संस्थागत सुत्केरी हुने महिलालाई नगरपालिकाले एकमुष्ठ ४ हजार ६ सय रुपैयाँ दिंदै आएको छ । टाढाबाट स्वास्थ्य संस्थामा सुत्केरी हुन आउनुपर्नेलाई प्रतिक्षा घरको व्यवस्थापन गरिने नीति छ । गलकोट नगर अस्पताललाई प्रभावकारी बनाउन विशेषज्ञ सेवा बिस्तार गरिने, मुटुरोग सहितका नसर्ने रोगको नियमित शिविरमार्फत उपचार गरिने, ह्दयघातको उपचार व्यवस्था नगरपालिकाले गर्ने र नागरिकको उपचारका लागि नगरपालिकामा कोष स्थापना गरिने योजना छ ।
सहरी क्षेत्रमा उपचारका लागि रिफर भएका बिरामीलाई बाटो खर्चको व्यवस्थापन पनि नगरपालिकाले गर्ने छ । अस्पतालको प्रयोगशाला व्यवस्थित बनाउने, मध्यपहाडी लोकमार्गमा सहरी स्वास्थ्य केन्द्र स्थापना गर्ने र राजमार्गमा हुने दुर्घटनाका घाइतेलाई तत्काल उपचार सेवा दिने नगरको नीतिमा समावेश छ ।

जैमिनीको लीड स्कुल
जैमिनी नगरपालिकाले शिक्षा क्षेत्रमा लगानी बढाउने गरी नीति र कार्यक्रम ल्याएको छ । शैक्षिक गुणस्तर विकास गर्ने, एकीकृत विद्यालयहरु निर्माण गर्ने र धेरै क्षेत्रका विद्यार्थीलाई एकै स्थानमा राखेर पढाउन नगरपालिकाले योजना बनाएको हो ।
बढ्दो बसाइसराइले ग्रामीण क्षेत्रका विद्यालयहरु खाली भैरहेका छन् । सहरी क्षेत्रमा केन्द्रीत हुने क्रम बढेको छ । त्यसैले आवासीय प्रकारका लीड स्कुल संचालन गर्न सकेमा विद्यार्थीले प्राविधिक विषय पढ्ने, कृषि तथा पशुपालनबारे जान्ने र काम गर्नै, कमाउँदै सिक्दै गर्ने वातावरण बनाउन नगरपालिकाले योजना अगाडि सारेको हो ।


विद्यार्थीलाई आम्दानीसँग जोड्ने नगरको पहिलो उद्देश्य हो । पहिलो चरणमा वडा नं. ५ को बिनामारेस्थित सर्वोदय माविलाई पहिलो चरणमा छनौट गरिसकिएको छ । त्यस्ता विद्यालयमा पढ्ने टाढाका विद्यार्थीलाई आवासीय सुविधा दिने, अति बिपन्न भए छात्रवृत्ति उपलब्ध गराउने लगायतका कार्यक्रम छन् । लीड स्कुल भएमा राज्यको श्रोत साधन र खर्चमा कटौती हुने उपप्रमुख हरिहर शर्माको तर्क छ ।

काठेखोलामा गोरुलाई पोषण, किसानलाई प्रोत्साहन
बागलुङको काठेखोला गाउँपालिकाले लोप हुन लागेको गोरु जोगाउने नीति ल्याएको छ । गाउँपालिका अध्यक्ष राजु थापाले चालु वर्षको नीति तथा कार्यक्रममा ‘गोरुलाई पोषण, किसानलाई प्रोत्साहन’ कार्यक्रम सार्वजनिक गरेका हुन् ।
कृषि उत्पादनलाई प्राथमिकता दिएको गाउँपालिकाले गोरु संरक्षण गर्ने किसानलाई साथ दिने भएको हो । गोरु पाल्ने किसान भए पोषण स्वरुप अनुदान दिने गरी नीति आएको हो । गोरु संरक्षण गर्दा किसानको खेतबारी बाँझो नरहने विश्वास गरिएको हो । कृषि क्षेत्रको विकासका लागि मात्रै दुई दर्जन शिर्षक राखेर गाउँपालिकाले नयाँ प्रविधिसँगै परम्परागत बिधिलाई पनि जोगाउने योजना ल्याएको हो । यान्त्रिकीरणमा अनुदान दिने नीति मात्र हुँदा गोरु पालेर नियमित खेतीपाती गरेका किसानलाई सम्बोधन नभएपछि गाउँपालिकाले यो नीति ल्याएको थापाको भनाई छ ।


गोरुसहित पशुचौपायाको संरक्षणतर्पm चासो राख्दै हरेक वडामा भेटेनरी माइनर ल्याब स्थापना गर्ने योजना अगाडि सारिएको छ । किसानलाई चापकट मेसिनमा अनुदान दिने, दिउँदे घाँसको बेर्ना बितरण गर्ने योजना पनि समावेश छ । पशुपालनको लागि सामुदायिक वन र बाँझो जमिनमा फलफूल, गिठा भ्याकुर र कन्दमुल उत्पादन गर्ने नीति पनि बनेको छ । उक्त नीति अनुसार जंगलमा पनि गिठा भ्याकुर लगाएपछि बाँदरले किसानको बारीको अन्न खाने समस्या समाधान हुने विश्वास लिइएको छ ।

बडिगाडमा क्षयरोग खोजपडताल
क्षयरोगका बिरामी धेरै भेटिएपछि बडिगाड गाउँपालिकाले खोजपडताल अभियान चलाएको छ । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय, स्वास्थ्य कार्यालय र बडिगाडले यो अभियानलाई साझा बनाएका छन् । खोजपड्तालका निम्ति यहाँ शिविर नै आयोजना भयो । क्षयरोगीलाई प्रत्यक्ष निगरानीमा औषधी सेवन गर्न लगाउने, तीनपटक परीक्षण गर्ने र संक्रमितको परिवारका सदस्यको समेत खकार परीक्षण गर्ने अभियान गाउँपालिकामा संचालन भएको छ ।


एकजना क्षयरोगीले २५ जना सम्मलाई श्वासप्रश्वासको माध्यमबाट रोग सार्ने भएकाले यो कोरोनाभन्दा पनि जोखिम हुने स्वास्थ्यकर्मीको सल्लाह पछि गाउँपालिकाले अभियान बनाएर आम नागरिकको स्वास्थ्य रक्षामा लागेको हो । नेपालका ६० प्रतिशत युवामा क्षयरोगका ब्याक्टेरिया भएको बताइन्छ । धुम्रपान र मध्यपान गर्नेलाई संक्रमण बढी हुने तथ्यले देखाएको छ ।
स्वास्थ्य कार्यालयका अनुसार बागलुङमा अघिल्लो वर्ष २ सय ३५ जनामा क्षयरोग संक्रमण भएकोमा गतवर्ष २ सय ५३ भेटिएका थिए । जिल्लाका १४ वटा ल्याबबाट क्षयरोग परिक्षण हुने गरेको छ । जटिल प्रकारको अवस्थाबाहेक सबै क्षयरोगका शंकास्पद बिरामीको खकार ती ल्याबबाट परीक्षण गरिँदै आएको छ । बडिगाडले भने यो अभियानलाई गाउँपालिकाकै बिशेष कार्यक्रममा राखको हो । ‘नागरिक स्वास्थ्यभन्दा ठूलो अरु विकास होइन’ अध्यक्ष गण्डकी थापाले भनिन्, ‘मानिस स्वस्थ भयो भने अरु काम पछि पनि गर्न सकिन्छ ।’

निसीखोलामा नगरबस तयारी
निसीखोला गाउँपालिकालाई मध्यपहाडी लोकमार्गले बिचबाटै चिरेको छ । यद्यपी यहाँ भौगोलिक कठिनाइका धेरै क्षेत्र छन् । तर बुर्तिवाङको सिमानादेखि भलकोट, सिप सम्मको बस्तीलाई एक बनाउन नगरबस अवधारणा शुरु भएको छ । सदरमुकाममै नगरबस संचालन हुन नसकेको बेला दुर्गम निसीखोलाले यो अभियान चलाउँदै छ ।


चालुवर्ष नगरबस संचालनका लागि गाउँपालिकाले ८० लाख रुपैयाँ विनियोजन पनि गरिसकेको छ । उक्त रकमलाई के कसरी खर्च गर्ने भन्ने चाहिँ कार्यविधि बनाएर मात्र जाने योजना अध्यक्ष सूर्यबहादुर घर्तीले जानकारी दिए । निसीखोलामा मात्रै मध्यपहाडीको झण्डै ४२ किमीभन्दा धेरै सडक संजाल छ । यो सडकको आसपासमा बाक्लो बस्ती पनि छ । बुर्तिवाङमा नियमित जसोः उनीहरु झर्ने गर्छन् ।
त्यस बाहेक निसीखोलाबासीहरु निसेलढोरदेखि बुकीसम्म पशुचौपाया चराउन जाने गर्छन् । उनीहरु बिरामी भैहालेमा तत्काल उपचारका लागि लैजान समयमा गाडी पाईदैन । नगरबस संचालन भएमा खाद्यान ओसारपसार मात्र नभई निसीका नागरिकले उत्पादन गर्ने कृषिफसल, पशुचौपाया बिक्रीका लािग बजार पठाउन पनि सहज हुने बताइएको छ । यहाँका किसानले भेडाको उनबाट कपडा, काम्लो समेत बनाउने गरेका छन् । ती सामान सहजै बजार पठाउन पनि नगरबस उपयोगी हुन सक्ने घर्तीले बताए ।

ताराखोलाको आफ्नै श्रम बैंक
ताराखोला गाउँपालिकाले श्रम बैंक स्थापना गरेको छ । गाउँपालिकाभरी रहेका युवाहरुको तथ्यांक संकलन, हाल मजदुरीमा रहेकाहरुको तथ्यांक राखेर गाउँपालिकाले श्रममा जोड्न लागेको हो । यसलाई गाउँपालिकाले श्रम रोजगा रबैंकको नामदिएको छ ।
श्रम रोजगार बैंकमा छिरेपछि मजदुरले तलबको १० प्रतिशत सामाजिक सुरक्षा कोषमा जम्मा गर्नुपर्छ । त्यसमा गाउँपालिकाले २१ प्रतिशत थपेर दिने छ । कम्तिमा २० वर्ष काम गरेर निवृत्त भएकाहरुलाई खाइपाइ आएको तलब वा ज्यालाको ६० प्रतिशत पेन्सन सुविधा दिने गरी कोष बनाइएको अध्यक्ष धनबहादुर बिकले बताए ।


यो अभियानमा गाउँपालिकाले हरेक घरका न्युनतम एक जनालाई रोजगारी दिने लक्ष्य राखेको हो । सशष्त्र द्वन्द्वका बेला पहिलो सहिद भएका स्थानीय विश्व गौचनको सम्झनामा गाउँपालिकाले विश्व श्रम रोजगार बैंक बनाएको हो । पहिलो चरणमा ताराखोलाले ६७ जनालाई बिभिन्न मजदुरीबाट पालिकाको कोषमा एकीकृत गरिसकेको छ । हरेक वर्ष थप गर्दै लैजाने नीति पनि बिकको छ । ताराखोलामा हाल २ हजार २ सय घरधुरी छन् । तीमध्ये एक घर एक जना राख्दा पनि त्यतिनै संख्यामा रोजगारी बन्ने बताइएको छ । श्रम बैंकमा आबद्ध भएकाहरु ढुंगाखानी, फर्निचर, कृषि सडक, खानेपानी, सिंचाइ र भवन निर्माण लगायतका काम र उद्यममा पनि जोडिने छन् ।

ढोरपाटन : जेष्ठ नागरिकसँग नगर उपप्रमुख
ढोरपाटन नगरपालिकाले १५ औं नगरसभाबाट जेष्ठ नागरिकहरुसँग नगरउपप्रमुख नीति तथा कार्यक्रम ल्याएको छ । यो नीतिअन्तर्गत नगर भित्रका सबै जेष्ठ नागरिकको सल्लाहमा योजना तर्जुमा गर्ने, कार्यक्रमहरु संचालन गर्ने र नीति गत रुपमा पनि महत्वपूर्ण सुझाव संकलन गरिने भएको छ ।
एक वर्ष अघिनै शुरु गर्ने योजना भएपनि अघिल्लो वर्ष दलीत क्षेत्रका जेष्ठ नागरिकको मात्र सुझाव संकलन भएको थियो । यो वर्ष भने सबै जेष्ठ नागरिकलाई सामुहिक, वडा तह वा भूगोल विशेषमा भेला गरिने योजना बनाइएको नगरपालिकाका रोजगार संयोजक हिरालाल खनालले बताए ।
अन्तरक्रियात्मक कार्यक्रम संचालन गरेपछि उनीहरुले नीति निर्माणसहित विकास निर्माण, सामाजिक समावेशीकरण, अन्य रोजगारमूलक कार्यक्रममा सुझाव दिनेछन् । ती सुझावलाई आवस्यकताको आधारमा अक्षरस पालना गर्ने नीति बनेको हो । पालिकाभित्र घर भएर विभिन्न स्थानमा रहेर बिज्ञता कमाएका जेष्ठ नागरिकलाई पनि यो कार्यक्रममा जोडिने योजना छ । उनीहरुलाई भने बिज्ञकै रुपमा सम्बोधन गरेर भौतिक रुपमा तथा जुम बैठक समेतबाट सुझाव संकलन गरिने गरी योजना बनेको उपप्रमुख धनबहादुर कायतले जानकारी दिए । यो अभियान सम्पन्न गर्न नगरपालिकाले ५ लाख रुपैयाँको बजेट विनियोजन समेत गरेको छ ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->