आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

क्रिकेटर जन्माउँदै पर्वतको सरस्वती मावि, जिल्लाकाे टिममा एकै विद्यालयका खेलाडी

क्रिकेटर जन्माउँदै पर्वतको सरस्वती मावि, जिल्लाकाे टिममा एकै विद्यालयका खेलाडी

मैदानमात्र होइन आवश्यक खेलकुदको सामग्री होस् भन्ने सबै खेलाडीको चाह छ


  • विजय नेपाली
  • भाद्र ५ २०८१, बुधबार

पाेखरा / असारको पहिलो साता पोखरामा गण्डकी प्रदेशस्तरीय महिला क्रिकेट प्रतियोगिताको आयोजना गरियो । दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि छनोट खेल समेत भनिएको प्रतियोगितामा मात्रै चार जिल्लाको सहभागिता रह्यो ।

अपेक्षित रुपमा टिम थोरै भएपछि खेल राउन्डरोविन लिगको आधारमा खेलाइयो र स्याङजा च्याम्पियन बन्न सफल भयो । त्यही प्रतियोगितामा थियो पर्वत जिल्लाको टिम । अन्य जिल्लाको भन्दा पर्वतको टिम कम्जोर थियो । समग्रमा खेल हेर्दा पर्वतमा अनुभवको कमी थियो नहोस पनि कसरी सबै खेलाडी कक्षा१० मुनिका ।

पर्वत ग्रामिण क्षेत्र हो, बजारमा जति सहज रुपमा महिलाले खेल्न परिवारबाट सहयोग पाउँछन् ग्रामिण भेगमा त्यतिनै असहजता छ । पर्वतको टिम त्यस्तो टिम हो जहाँ एकै विद्यालयका खेलाडी त्यसमा पनि एक खेलाडीबाहेक सबै एकै पालिकाको । पर्वत बाजुङस्थित सरस्वती माध्यामिक विद्यालयले महिला क्रिकेट खेलाडी जन्माइरहेको छ ।

(तस्वीर वसन्त शेर्पा)

एउटा प्रस्तावित माध्यामिक विद्यालय जहा माविकै स्विकृत दरबन्दी छैन् प्रावि र निमाविकै दरबन्दिमा चलेको विद्यालयले क्रिकेट खेलाडी जन्माउनु सामान्य कुरा पनि होइन् । विद्यालयका प्रधानाध्यापक तथा प्रशिक्षक अजय लामिछानेले विद्यालयमा क्रिकेट सिकाउँदा अनेकौं भनाई खेप्नु प¥यो । खेलाडीलाई ल्याउन निकै कसरत गर्नु प¥यो । खेलकुदमा लाग्दा पढाइमात्र होइन मान्छे नै विग्रिन्छ भन्दै आलोचित समेत भए तर क्रिकेटप्रेमी उनको मन कहाँ मान्यो र ? खेलकुदमा लागे विग्रिन्छन् भन्ने अभिभावकको मानसिकतालाई नै परिवर्तन गर्दै उनी अघि बढे टिम तयार पारे ।

विद्यालयमा एक दुई जना त करिब साढे दुई घण्टाको यात्रा गरेरै पढ्न आउछन् । ग्रामीण क्षेत्रको विद्यालयमा समेत क्रिकेट सिकाउनु सामान्य कुरा होइन् तर, महिलालाई बढी अवसर भएका कारण उनले महिला क्रिकेट अघि बढाए ।

‘यहाँसम्म आइपुग्दा अझैपनि कतिलाई त विश्वासै लागेको छैन् । अझ भन्नुपर्दा एउटा विद्यालयको टिमले कास्की, स्याङजा, नवलपुर जस्तो जिल्लाको टिमसँग खेल्नु सामान्य कुरापनि होइन् । कति अभिभावकलाई त बुझउनै गाह्रो छ की त्यसै टाइमपास गर्न गएजस्तो गर्नुहुन्छ’ उनी थप्छन्, ‘यो लेभलसम्म ल्याउन धेरै नै मिहेनत गरियो ।

स्कुलको प्रशासनिक कामदेखी पढाइहुँदै समय निकालेर क्रिकेट सिकाउनु वास्तवै सहज छैन् । यहाँ सम्म आउनु भनेको पनि सफलता हात पार्नु नै हो ।’ अब सहभागि हुनु मात्रै सरस्वती विद्यालयको सफलता होइन् । विद्यालयले त्यो टिमलाई बलियो बनाउनै पर्छ र त्योबाट उम्कने छुट छैन् । जिल्लाको त्यो टिमले क्रिकेटको ब्याट÷बल छोएको भने दुई वर्ष पुरा भएको छ । ती खेलाडीले निरन्तर प्रशिक्षण समेत पाउन मुस्किल छ ।

जति खेलेका छन् ती सबै बेला बेलामा सिकेको सिकाइ नै हो । विद्यालय र विद्यार्थीका लागि चुनौती भनेको समय हो । गाउँघर भएकाले सद्यैँ समय हुँदैन घर गोठको काम त हुन्छनै तैपनि सार्वजानिक विदाको दिनहरुमा भने क्रिकेट सिक्ने समय निकाल्ने गरेका छन् । विद्यालयमा शिक्षण सिकाई अनुदान कोटाबाट दुई शिक्षक दरबन्दीले मावि चलाइरहेको त्यो पनि पूर्ण अंग्रेजी माध्यमबाट । विद्यालयमा २५० जना विद्यार्थी र २० जना शिक्षक-कर्मचारी छन् ।

विद्यालयमा एक दुई जना त करिब साढे दुई घण्टाको यात्रा गरेरै पढ्न आउछन् । ग्रामीण क्षेत्रको विद्यालयमा समेत क्रिकेट सिकाउनु सामान्य कुरा होइन् तर, महिलालाई बढी अवसर भएका कारण उनले महिला क्रिकेट अघि बढाए । ‘महिला क्रिकेटमा अवसर धेरै भएको तर, सद्यैँ ओझेलमा परेको छ । अहिले विद्यालयमा सिकेका खेलाडीले जिल्लाबाट खेल्ने अवसर पाए भोलि त राम्रो हुँदै गयो भने भोलिका दिनमा प्रदेश हुँदै राष्ट्रिय टिमबाट खेल्ने ढोका समेत खुल्ला हुन्छ’ उनले भने ।

सामुदायिक विद्यालयले पनि चाह्यो भने गर्न सक्छ भन्ने उदाहरण बनेको छ सरस्वती मावि । गतवर्ष स्याङ्जामा भएको उपमेयर रनिङशिल्ड कप क्रिकेटमा पहिलो पटक सहभागिता जनाएको थियो । त्यसपछि प्रधानमन्त्री कप खेल्यो । प्रतियोगिता खेल्न प्रधानाध्यापकले आफ्नै खल्तिको पैसा हालेरै लागे गरेका छन् । अब टिमले असोजमा हुने भनिएको प्रधानमन्त्री कपको तयारी थाल्दैछ ।

उनीहरु जिल्लामा क्रिकेट मैदान भएको हेर्न चाहान्छन् । जहाँ मैदानमात्र होइन आवश्यक खेलकुदको सामग्री होस् भन्ने सबै खेलाडीको चाह छ ।

 

उनी भन्छन्, ‘विद्यालय आर्थिक रुपमा सम्पन्न पनि छैन् । सामान किन्नका लागि पनि धेरै अभाव छ त्यसका लागि गोजीको पैसा हाल्नेदेखी सहयोगीहरु खोज्नुपर्छ । हामीलाई त विद्यालयबाट सहभागिता गराउनै पनि मुस्किल छ ।’

जिल्ला टिमकी कप्तान कृषा अखेलीले विद्यालयमै क्रिकेट खेल्ने वातावरण भएपछि खेल्न सुरु गरेको सुनाइन् । प्रदेस्तरीय प्रतियोगिताबाट आफुहरुले धेरै कुरा सिकेको र स्रोत साधन भएमा आगामी दिनमा थप उत्कृष्ट प्रदर्शनी गर्न सक्ने उनी सुनाउँछिन् । एक खेलाडी विहादी गाउँपालिका रानीपानीकी छिन त्यो बाहेक टिममा सबै पातीचौरका छन् । ‘सरले भन्नुभएको थियो ।

(तस्वीर वसन्त शेर्पा)

टिम बनाउने भनेर रंगशालामा एकपल्ट म्याच भएको थियो त्यति बेला लिएर आउनुभयो त्यहिबाट क्रिकेट खेल्न सुरु गरियो’ अखेलीले भनिन् । उनी स्पिनर हुन् । क्रिकेटमा रमाएकी उनले बलियो टिमसँग खेल्दा हार व्यहोरेको पर्वतले दुःख मानेन बरु स्याङ्जा, कास्की लगायत बलियो टिमसँग धेरै कुरा सिक्ने मौका पाए र सिके पनि ।

‘सुरुमा त निकै डर लागेको थियो तर, खेल्दै जाँदा केहि सहज भयो । घरबाट क्रिकेट खेल्न रोक छैन् । प्रशिक्षण र प्रतियोगिता हुँदा परिवारले समेत साथ दिनुभएको छ ।’ विद्यालयमा खेल्ने मैदान निकै सानो भएको उनी सुनाउछिन् । उनीहरु जिल्लामा क्रिकेट मैदान भएको हेर्न चाहान्छन् । जहाँ मैदानमात्र होइन आवश्यक खेलकुदको सामग्री होस् भन्ने सबै खेलाडीको चाह छ ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->