बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

निर्मल आधारभुतका विद्यार्थीलाई लायन्स बागलुङको सहयोग

निर्मल आधारभुतका विद्यार्थीलाई लायन्स बागलुङको सहयोग


  • ढोरपाटन संवाददाता
  • भाद्र ७ २०८१, शुक्रबार

बागलुङ/निर्मल आधारभुत विद्यालय काठेखोला गाउँपालिका वडा नं. ३ धम्जा बागलुङका विद्यार्थीहरुलाई लायन्स कलब अफ बागलुङले शैक्षिक पोशाक तथा स्टेशसनरी सहयोग गरेको छ । अधिकांश विपन्न परिवारका विद्यार्थी अध्ययन गर्ने विद्यालयमा क्लबले शैक्षिक सामग्री सहयोग गरेको हो ।
सहयोग कार्यक्रममा वडा अध्यक्ष कुलबहादुर बिकले लायन्सको सहयोगले विद्यार्थीको पठनपाठनमा सहयोग पुग्ने बताए । लायन्स क्लब डिष्ट्रिक ३२५ के नेपालका कलस्टर चिप केशव प्रसाद सापकोटाले लायन्सहरुले व्यक्तिगत रुपमा जम्मा गरेको सहयोग रकमबाट विद्यार्थीलाई पोशाक तथा शैक्षिक सामग्री सहयोग गरेको बताए ।
जोन चियर पर्सन प्रेम केसीले सामुदायिक विद्यालयहरुमा विद्यार्थीको अभाव टार्न क्लक सक्रिय भएको बताए । कार्यक्रम लायन्स कलब अफ बागलुङका अध्यक्ष सुर्यप्रसाद चापागाईंको अध्यक्षता, गौथली सामुदायिक विकास केन्द्रका पुर्व अध्यक्ष शिव भण्डारीको स्वागत, निर्मल आ.वि.का प्रअ अविराम थापाको धन्यवाद मन्तव्य तथा लायन्स कलब अफ बागलुङका सचिव तिलक खड्काको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->