नवलपुर / गैडा संरक्षणका लागि जनचेतना जगाउने र खेलको माध्यममार्फत नवलपुरलाई चिनाउने उदेश्यले मध्यविन्दु २ कोल्हुवाको राईनो रङ्गशालामा राष्ट्रिय स्तरको राईनो संरक्षण गोल्डकप फुटबल प्रतियोगिताको सातौ संस्करण आगामी कार्तिक ३ गतेबाट हुने भएको छ ।
राईनो क्लवको भाद्र १६ गते बसेको बैठकले राईनो संरक्षण गोल्ड क्लवको सातौं सस्करण आगामी कार्तिक ३ गते देखी संचालन गर्ने निर्णय गरेको क्लवका अध्यक्ष दोमन बहादुर भण्डारीले जानकारी दिए ।
एक सिगेँ गैडाको संरक्षण र वन्यजन्तुको चोरी शिकार नियन्त्रणका लागि युवाहरुलाई प्रत्यक्ष सहभागी गराउने उद्देश्यले क्लबले प्रतियोगिता आयोजना गर्दै आइरहेको छ ।
गैँडा संरक्षणको सन्देश दिने उद्देश्यले २२ वर्ष अघिदेखि राईनो संरक्षण गोल्ड कप प्रतियोगिता हुँदै आएको हो। छैठौं राईनो संरक्षण फुटबल प्रतियोगितामा विभागीय टिम, राष्ट्रिय स्तरका क्लव सहित १२ वटा टिम सहभागी थिए ।
नवलपुरलाई खेलको माध्यमबाट चिनाउने साथै गैँडा संरक्षणको सन्देश दिन प्रतियोगिता गरिदै आएको आयोजक राईनो क्लबका अध्यक्ष भण्डारीले बताए । उनले सातौं संस्करण सफल बनाउन संरक्षणकर्मी, सरोकारवाला निकाय, संघ, प्रदेश र स्थानिय पालिकाहरुलाई आग्रह समेत गरेका छन् ।





