बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

कास्की प्रहरी प्रमुख फेरिए: मोहनकुमार गए, श्यामबाबु आए

कास्की प्रहरी प्रमुख फेरिए: मोहनकुमार गए, श्यामबाबु आए


  • ढोरपाटन संवाददाता
  • असोज ८ २०८१, मंगलबार

पोखरा / नेपाल प्रहरीले कास्कीका प्रहरी प्रमुखसहित ४१ जना प्रहरी उपरीक्षकको सरुवा गरेको छ । प्रहरी महानिरीक्षक वसन्त कुँवरले सोमबार ४१ प्रहरी उपरीक्षकको सरुवा तथा काजसम्बन्धी निर्णय गरेका हुन् ।

जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी प्रमुख मोहनकुमार थापा प्रहरी प्रधान कार्यालयमा सरुवा भएका छन् । उनको ठाउँमा श्यामबाबु ओलीया सरुवा भएका छन् । उनी आर्थिक अपराधसम्बन्धी अनुसन्धानमा लामो अनुभव भएका प्रहरी अधिकारी हुन् ।

तनहुँका एसपी अपिलराज बोहरा राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय सुर्खेतमा सरुवा भएका छन् । जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रमुख गजुसिद्धि बज्राचार्य विशेष सुरक्षा गण बेलचौतारा तनहुँमा सरुवा भएका छन् । त्यस्तै जिल्ला प्रहरी कार्यालय नवलपुर, बर्दिया, सिन्धुली, सुनसरी, धनकुटाका प्रमुख पनि फेरिएका छन् ।

हेर्नुहोस सरुवा सुची :

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->