पोखरा/ पोखरा महानगरपालिका चाउथेस्थित विजयपुरको ओरालोमा नवजात शिशु मृत अवस्थामा फेला परेको छ ।
पोखरा स्वास्थ बिज्ञान प्रतिस्ठानमा सकुशल जन्म भई डिस्चार्ज भएर निस्किएपछि चाउथेमा वेवारिसे अवस्थामा फेला परेको हो । उनको मृत्युको कारण बारे अनुसन्धान भईरहेको प्रहरीले बताएको छ ।





