शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

दशैंमा झण्डै बीस लाख राजस्व संकलन, ६ सय सवारी कारवाहीमा

दशैंमा झण्डै बीस लाख राजस्व संकलन, ६ सय सवारी कारवाहीमा


  • ढोरपाटन संवाददाता
  • कार्तिक ४ २०८१, आइतबार

स्याङ्जा/दशैंको १५ दिनको अवधिमा जिल्ला ट्राफिक प्रहरी कार्यालयले १९ लाख ३४ हजार पाँच रुपैयाँ राजस्व सङकलन गरेको छ ।
असोज १७ गतेदेखि कात्तिक २ गतेसम्मको अवधिमा ट्राफिक प्रहरीले ६०२ वटा सवारी साधनलाई कारवाही गरेको हो ।
ट्राफिक प्रहरीले चाडपर्व विषेश अभियान अन्र्तगत दुर्घटना न्यूनीकरणका लागि तदारुकता अपनाएको थियो ।
चाडपर्वका बेला सार्वजानिक सवारीले सिट क्षमताभन्दा धेरै यात्रु सवार गराउँदा दुर्घटनाको जोखिम हुने भएकाले यो दशैंमा ट्राफिक प्रहरीले चेकजाँचलाई कडाई गरेको थियो । यो १५ दिनको अवधिमा सिट क्षमताभन्दा धेरै यात्रु राख्ने सवारी सबैभन्दा धेरै कारबाहीमा परेका छन् ।
जिल्ला ट्राफिक कार्यालय स्याङ्जाले मापसे गरी सवारी साधन चलाउने ७० जनालाई कारबाही गर्दा ३५ हजार, सिट बेल्ट नबाँधीकन सवारी चलाउने ८० जनालाई कारबाही गर्दा ६५ हजार,मोबाइल फोनको प्रयोग गर्दै सवारी चलाउने ९५ जनालाई कारबाही गर्दा ७५ हजार, सिट क्षमता भन्दा बढी यात्रु राख्ने दुई सय सवारीलाई कारबाही गर्दा १५ लाख ९५ हजार रुपैयाँसंकलन गरेको हो ।
यस्तै, प्राईभेट नम्बर प्लेटका सवारीले सार्वजनिक यात्रु ओसार्ने २२ जनालाई कारबाही गर्दा ४४ हजार, तीव्र गतिमा सवारी चलाउने ४० जनालाई कारबाही गर्दा ३१ हजार र अन्य शीर्षकमा कारबाहीमा परेका ९५ सवारी चालकबाट ८९ हजार ५ सय गरी १९ लाख ३४ हजार पाँच सय राजस्व संकलन गरेको हो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->