मंगलबार, असोज २७ २०८३

मंगलबार, असोज २७ २०८३
  • २७ असोज २०८३ , मंगलबार
  • October 13 2026

अब शिशु जन्मनासाथ थप चार परीक्षण गरिने

अब शिशु जन्मनासाथ थप चार परीक्षण गरिने


  • ढोरपाटन संवाददाता
  • कार्तिक १६ २०८१, शुक्रबार

काठमाडौं /— नेपाल सरकारले नवजात शिशुको लागि थप स्वास्थय परिक्षण गर्ने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सरकारी अस्पतालमा जन्मिने शिशुको थप चार स्वास्थ्य परीक्षण गर्ने जनाएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले मन्त्रीस्तरीय निर्णय गर्दै थाइराइड, जलन (बर्न) स्क्रिनिङ, सुन्ने क्षमता वा आँखाको दृष्टिसम्बन्धी र जण्डिससम्बन्धी परीक्षण गर्ने निर्णय गरेको मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले जानकारी दिए ।

उनका अनुसार मातृशिशु अस्पताल, परोपकार प्रसूति तथा स्त्री रोग अस्पताल, कान्ति बाल अस्पतालमा ती परीक्षण गरिने छ । विश्वमा छ प्रतिशत बालबालिकामा जन्मिना साथ अपांगताको समस्या देखिने गरेको छ । तर, समयमै परीक्षण तथा उपचार भएमा धेरै हदसम्म समस्या हटाउन सकिने मन्त्रालयका प्रवक्ता डा बुढाथोकीले बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->