आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

श्रीलंकासँग हार्‍यो नेपाल

श्रीलंकासँग हार्‍यो नेपाल


  • ढोरपाटन संवाददाता
  • कार्तिक १७ २०८१, शनिबार

काठमाडौं / हङकङ सिक्सेसको क्वाटरफाइनलमा नेपाल श्रीलंकासँग पराजित भएको छ। सुरुवाती विकेट जोगाउन नसक्दा नेपाल श्रीलंकासँग ४० रनले पराजित भएको हो।

नेपालका लागि रासिद खानले सर्वाधिक ५५ रन बनाए भने नारायण जोशीले १३ रन बनाए। इंग्ल्यान्ड र अष्ट्रेलियाविरुद्ध आक्रामक ब्याटिङ गरेका कप्तान सन्दीप जोरा डकआउट भएपछि नेपालको सुरुवात नै खराब बनेको थियो। नेपालका लोकेश बम ६ रनमा आउट भए भने विवेक यादव ५ रनमा आउट भए। प्रतिश जिसी पनि शून्यमै आउट भएका थिए।

यसअघि टस हारेर ब्याटिङ गरेको श्रीलंकाले २ विकेट गुमाएर १२३ रन बनाएको थियो। श्रीलंकाका लागि सन्दुन विरकोडीले अर्धसतक प्रहार गरे। त्यस्तै थनुका दबारेले १८, लिहुरु मधुसाकाले ३१ र लहिरु समाराकुनले २२ रन बनाए। नेपालले समूहचरणको खेलमा इंग्ल्यान्ड र अष्ट्रेलियालाई पराजित गरेको थियो।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->