बुधबार, असोज २८ २०८३

बुधबार, असोज २८ २०८३
  • २८ असोज २०८३ , बुधबार
  • October 14 2026

सृजना सेकेण्डरी स्कूलमा पुरस्कार वितरण

सृजना सेकेण्डरी स्कूलमा पुरस्कार वितरण


  • ढोरपाटन संवाददाता
  • मंसिर १० २०८१, सोमबार

पोखरा/पोखरा–८, सृजनाचोक शान्तिमार्गमा अवस्थित सृजना सेकेण्डरी स्कूलमा यही मंसिर ६, ७ र ९ गते त्रिदिवसीय रूपमा पुरस्कार वितरण कार्यक्रम सम्पन्न भएको छ ।
गत शैक्षिक सत्र २०८० मा नर्सरीदेखि कक्षा १० सम्म आआफ्ना कक्षाको सेक्सनमा प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्न सफल विद्यार्थीहरू लगायत अनुशासन, सरसफाईमा सर्वोत्कृष्ट हुन सफल तथा सतप्रतिशत हाजिरी भएका विद्यार्थीहरूलाई मंसिर ६ र ७ गते छुट्टाछुट्टै कार्यक्रमकाबीच पुरस्कार वितरण गरिएको थियो ।
मङ्सिर ९ गते आइतवबरका दिन २०८१ साल असोज १६, १७ र १८ गतेका दिन सञ्चालन भएको प्रतिभा प्रस्फुटन कार्यक्रमको विभिन्न विद्यामा सहभागी भइ प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्न सफल विद्यार्थीहरू पुरस्कृत भए ।
पुरस्कार वितरणको पहिलो दिन मंसिर ६ गते बिहीवार नर्सरीदेखि कक्षा ५ सम्मका विद्यार्थीहरुलाई पुरस्कार वितरण गरिएको थियो ।
यसैगरी तेस्रो दिन मंसिर ९ गते प्रतिभा प्रस्फुटन कार्यक्रमको पुरस्कार वितरण गरिएको थियो । जसमा कक्षा (१–३), (४–५), (६–८) र (९–१०) का विद्यार्थीहरूबिच विभिन्न विद्या (एकल र समूह नृत्य, एकल र समूह गायन, कविता वाचन, वक्तृत्वकला, हाँस्यव्यङ्ग्य र नाटक) मा छुट्टाछुट्टै विधा र तहमा मूल्याङ्कन गरी विजेत विद्यार्थीहरूलाई पुरस्कृत गरिएको थियो ।
प्राचार्य डोलराज पाण्डेको अध्यक्षतामा सो कार्यक्रम सम्पन्न भएको विद्यालय अतिरिक्त क्रियाकलाप प्रमुख मीनप्रसाद तिवारीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->