धनगढी उपमहानगरपालिका-३ बोराडाँडीमा एक स्थानीय कृषकले व्यावसायिक रुपमा च्याउ उत्पादनका लागि निर्माण गरेका टहरामा उम्रैदै गरेको कन्या जातको च्याउ । लामो समयदेखि च्याउ व्यवसायमा संलग्न ती कृषकले च्याउ खेतीबाट राम्रो आम्दानी गर्ने गरेको बताएका छन् ।
तस्वीरः तिलकराज ओझा





