बुधबार, असोज २८ २०८३

बुधबार, असोज २८ २०८३
  • २८ असोज २०८३ , बुधबार
  • October 14 2026

बलेवा सेवा समाज जापानको हिसाव सार्वजनिक

बलेवा सेवा समाज जापानको हिसाव सार्वजनिक


  • ढोरपाटन संवाददाता
  • माघ ११ २०८१, शुक्रबार

बागलुङ/ बिभिन्न सामाजिक उद्देश्य राखेर अंग्रेजी नयाँ बर्षमा बलेवा सेवा समाज जापानले आयोजना गरेको सांगितीक कार्यक्रमको आम्दानी खर्च सार्वजनिक गरेको छ । समाजले एक कार्यक्रमको आयोजना गरेर सांगितीक कार्यक्रमको हिसाव सार्वजनिक गरेको हो ।
बलेवा सेवा समाज जापानका संस्थापक प्रमुख तथा सल्लाहकार डा.सूर्य पाठकको उपस्थितीमा कार्यक्रमका बेला भएको आम्दानी र खर्च सार्वजनिक गर्दै बचेको रकम सामाजिक क्षेत्रमा खर्चगर्ने समाजले जनाएको छ । समिक्षा तथा हिसाव सार्वजनिक कार्यक्रममा बोल्दै पूर्व सांसद पाठकले देश बिदेश जुनसुकै ठाउँमा रहेर पनि आफ्नो माटोलाई मायाँ गर्नेगरेको भन्दै जापानमा रहेका सबै बलेवाबासीले बलेवाको बिकास र प्रदेशमा एक आपसमा सहयोग साटासाट गर्ने कार्यमा एकमत हुनुपर्ने बताए । कार्यक्रममा सल्लाहकारहरु, पूर्व अध्यक्षहरु, जापान भ्रमणमा रहेका प्रेसचौतारी नेपालका केन्द्रिय उपमहासचिव राजु सुवेदी लगायतले बोलेका थिए ।
सांगितीक कार्यक्रममा बिभिन्न सहयोगी दाताहरु र टिकटबाट भएको आम्दानी १९ लाख ३५ हजार यान मध्ये १५लाख ५३ हजार ९७९ यान खर्च भएको र ३ लाख ८१ हजार जापनिज यान बचत भएको थियो ।
टोकियोको सिनओकुबो स्थित सोलमारी रेष्टुरेण्टको हलमा भएको कार्यक्रम अध्यक्ष महेन ढकालको अध्यक्षता, महासचिव अर्जुन लामिछानेको सञ्चालन र संरक्षक सेवक पिसीको स्वागतमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->