बुधबार, असोज २८ २०८३

बुधबार, असोज २८ २०८३
  • २८ असोज २०८३ , बुधबार
  • October 14 2026

बीएमजी माविको वार्षिकोत्सव

बीएमजी माविको वार्षिकोत्सव


  • ढोरपाटन संवाददाता
  • माघ १६ २०८१, बुधबार

पोखरा/पोखरा महानगरपालिका वडा नं २९ को पावर हाउसमा रहेको वी एमजी माध्यामिक विद्यालयको ३४ औं वार्षिकोत्सवको अवसरमा शिक्षक तथा कर्मचारीलाई सन्मान गरिएको छ ।
विद्यालयको ३४ औं वार्षिकोत्सव तथा पुरस्कार वितरण समारोहमा विद्यालयमा विगत १० वर्ष देखि २० वर्षसम्म सेवा गरेका १३ जना शिक्षक तथा कर्मचारीलाई दिर्घ सेवा पदकवाट सम्मान गरिएको हो ।
यसअघि कार्यक्रमको उद्घाटन गर्दै राष्ट्रिय परिक्षा बोर्डका अध्यक्ष महाश्रम शर्माले शिक्षालाई ज्ञान र सीपसँग जोडेर विद्यार्थीलाई स्वदेशमै रहने वातावरण सृजना गर्न सक्नुपर्ने बताए ।
उच्च शिक्षा परिषदका सदस्य सचिव भिमलाल गुरुङले विद्यार्थीमा देखिएको अन्तर्राष्ट्रियस्तरको पढाइप्रतिको आकर्षण र समयको माघले सिकाएको वाध्यात्मक अवस्थाले गर्दा पछिल्लो समय शिक्षा क्षेत्रमा केही कमी कमजोरी आए पनि यसलाई सुधार गर्दै अगाडी वढ्नु पर्ने आवस्यकता औंल्याएका थिए ।
नेपाल सरकारका पूर्वसचिव सूर्यप्रसाद गौतमले समय सुहाउँदो शिक्षा नीति ल्याउनुपर्नेमा जोड दिएका थिए । हिसान कास्कीका अध्यक्ष दिवाकर जैसीले वर्तमान परिक्षा प्रणाली नै गलत रहेकाले यसलाई परिमार्जन गर्नु पर्ने सुझाव राखेका थिए ।
कार्यक्रममा पोखरा २९ का वडाअध्यक्ष श्रीप्रसाद गुरुङ,प्याब्सनका केन्द्रिय सदस्य प्रेमप्रसाद शर्मा,मणिपाल अस्पतालका प्रा.डा. इमामुयल सेलभाम,सम्पुर्ण अभिभावकहरुकोतर्फबाट प्रा.डा. आनन्द ढुगाना र विद्यार्थीहरुको तर्फबाट लिजा सुर्खालीलगायतले अहिलेको आवश्यकता प्रविधिमा आधारित सीपमूलक शिक्षा रहेको धारणा राखेका थिए ।
विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष इन्दिरा गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा विद्यालयका प्राचार्य युवराज गुरुङले वार्षिक कार्यक्रम र भावी योजनाका बारेमा जानकारी गराएका थिए भने सह प्राचार्य धननाथ सापकोटाले कार्यक्रम संचालन गरेका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->