पोखरा/पोखरा गैह्रापाटनमा रहेको कुमुदिनी होम्स माध्यमिक विद्यालयमा बुधबार बृहत् बिज्ञान प्रदर्शनी आयोजना गरिएको छ । कक्षा १ देखि १२ सम्मका बिद्यार्थीले आफुले सिकेको सैद्धान्तिक ज्ञानलाई प्रयोगात्मक रुपले व्यवहारमा उतारेर प्रदर्शनीमा राखेका हुन् ।
विद्यालय प्राङ्गणसहित चार रोपनी क्षेत्रफलमा रहेको मैदानमा ६० वटा स्टलमा उनिहरुले बनाएका बिज्ञानसंग सम्बन्धित र ४ वटा सामाजिक विषयबस्तु झल्काउने सामग्रीहरु प्रदर्शनीमा राखिएको छ ।
अभिभावकहरु र विद्यार्थीको निकै घुइँचो लागेको थियो । त्यहाँ अवलोकनका लागि गएका अभिभावक र आमन्त्रित पाहुनाहरुलाई बिद्यार्थीले आफुले बनाएका बिज्ञान सामग्री र तिनको उपयोगिता, महत्वका बारेमा प्रयोग गरेर देखाउँदै बयान पनि गरेका थिए ।
बिद्यालय संस्थापक अध्यक्ष अशोक पालिखेले बिद्यार्थीहरुको प्रतिभा प्रस्फुटनको लागि उनिहरुकै इच्छा अनुसार प्रदर्शनी आयोजना गरिएको बताए ।
बिद्यार्थीले उनिहरुले पढेको वातावरण, स्वास फेर्ने, पानी तान्ने, रोबोट, डोजर, सोलार सिस्टम, इको इनर्जि, अटोमेटिक फोहोर राख्ने डस्टबिन लगायतका धेरै विषयगत् बस्तुहरु बनाएका छन् । पढेको आधारमा उनिहरु सामुहिक र एक्लै पनि प्रदर्शनमा सरिक भएका उनले बताए । उनका अनुसार झण्डै ९ सय बिद्यार्थी प्रदर्शनीमा सामेल भए ।





