आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

तनहुँको म्याग्दे गाउँपालिकाको आयोजनामा प्रदेशस्तरीय फुटवल प्रतियोगिता हुने 

तनहुँको म्याग्दे गाउँपालिकाको आयोजनामा प्रदेशस्तरीय फुटवल प्रतियोगिता हुने 


  • ढोरपाटन संवाददाता
  • माघ २४ २०८१, बिहिबार

पोखरा/  तनहुँको म्याग्दे गाउँपालिकाले प्रदेशभित्रको पालिकास्तरीय अध्यक्षकप फुटबल प्रतियोगिता आयोजना गर्ने भएको छ । गाउँपालिकाले फागुन १३ गतेदेखि २२ गतेसम्म प्रतियोगिता गर्न लागेको बिहीबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा जनाइयो ।

फुटबल प्रतियोगितको बिजेताले ३ लाख र उपविजेताले १ लाख ५० हजार रुपैयाँ नगद पुरस्कार पाउनेछन् । यस्तै सेमिफाइनल पुग्ने २ टिमलाई १५ हजारका दरले पुरस्कार दिइनेछ । यसैगरी उत्कृष्ट खेलाडीलाई १० हजार, सर्वाधिक गोलकर्ता, मिडफिल्डर, डिफेन्डर, गोलरक्षक र प्रशिक्षकलाई जनही ५ हजार रुपैयाँ पुरस्कार दिइने गाउँपालिका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले जनाए ।

अध्यक्ष श्रेष्ठका अनुसार सोही अवसरमा जिल्लास्तरीय व्याडमिण्टन र वडास्तरीय भलिबल प्रतियोगितासमेत हुने छ । व्याडमिण्टन प्रतियोगितामा पहिलो हुनेले ५० हजार र दोस्रो हुनेले ३० हजार रुपैयाँ पुरस्कार पाउनेछन् । फागुन १६ र १७ गते हुने प्रतियोगिता अन्तर्गत सेमिफाइनल पुग्ने २ टिमले १० हजार पाउनेछन् । म्याग्दे गाउँपालिका वडास्तरिय पुरुष तथा महिला भलिबल प्रतियोगितामा दुबैतर्फ विजेताले ८० हजार र उपविजताले ५० हजार रुपैयाँ पाउने प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद अधिकारीले जानकारी दिए । प्रतियोगिता सञ्चालनका लागि पालिकाले २० लाख रुपैयाँ विनियोजन गरेको छ ।  प्रतियोगिताले स्थानीय र राष्ट्रियस्तरका खेलाडी उत्पादन हुने विश्वास गरिएको अध्यक्ष श्रेष्ठले बताए । फुटबल प्रतियोगिता म्याग्दे ५ छाङ पाटनको खेल मैदानमा हुनेछ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->