आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३
  • २२ कार्तिक २०८३ , आइतबार
  • November 8 2026

नेपाल सम्भावना नै सम्भावना भएको कुञ्ज : कोइराला

नेपाल सम्भावना नै सम्भावना भएको कुञ्ज : कोइराला


  • ढोरपाटन संवाददाता
  • फाल्गुन १७ २०८१, शनिबार

पोखरा/नेपाली कांग्रेसका नेता एवं पूर्वमहामन्त्री शशांक कोइरालाले नेपाल असंख्य सम्भावना नै सम्भावनाको कुञ्ज भएकाले नेपाली युवाहरु स्वदेशमा नै उद्यमशीलता गरेर बस्न सुझाव दिएका छन् ।
नेपाली कांग्रेस पूर्वआप्रवासी समन्वय विभागको गण्डकी प्रदेशस्तरीय भेलालाई शनिबार पोखरामा सम्वोधन गर्दै उनले नेपालको समृद्धिमा युवाले नै प्रमुख भूमिका खेल्न सक्ने बताए ।
‘म सानो हुँदा विपी कोइरालाले भन्नुहुन्थ्यो–म धेरे देश घुमेँबाबु तर संसारमा सबैभन्दा सुन्दर देश नेपाल नै लाग्यो तिमी नेपालमा नै बस्नू,’उनले भने,‘पछि मलाई विदेश जाने अवसर मिल्यो । तलव पनि मनग्य थियो तर बुबा विपीले म सानो उमेर छँदा भनेको कुराले विझायो, जतिसुकै सुविधा भएपनि त्यहाँबाट नेपाल फर्किएँ ।
विदेशबाट फर्केका युवाले त्यहाँ सिकेका सीप र अनुभवलाई नेपालमै सदुपयोग गर्नुपर्नेमा उनको भनाइ थियो ।
सोही अवसरमा बोल्दै नेपाली काँग्रेसका केन्द्रीय सदस्य अर्जुन जोशीले रोजगारीका लागि विदेश गएर नेपाल फर्केका युवाहरुले सानोतिनो उद्यमशलिता गरेर आफ्नो सीपलाइृ सदुपयोग गर्नुपर्नेमा जोड दिए ।
अर्का केन्द्रीय सदसय गुरु बरालले केही वाध्यता र केही रहरले विदेश गएका युवाहरु स्वदेशमा फर्केपछि नेपाली कांग्रेसमा आवद्धभइ लोकतन्त्रको विकासमा लागेर कांग्रेसका उचाई वढाएकोमा खुसी व्यक्त गरे । कार्यक्रमको अध्यक्षता विभाग संयोजक दिनेश कोइरालाले गरेका थिए ।
सो कार्यक्रममा कांग्रेस गण्डकी प्रदेश सभापति शुक्रराज शर्मा, कास्कीका सभापति किशोरदत्त बराल, कांग्रेस नेता नवराज गुरुङ, कृष्ण लम्साल लगायतले आफ्ना भनाइ राखेका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->