बागलुङ/राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (नेसनल प्याब्सन)को शनिबार काठमाडौंमा सम्पन्न ८ औँ राष्ट्रिय महाधिवेशनबाट सचिवमा बालकृष्ण शर्मा चयन भएका छन् । शर्मा फ्युचर ब्राइटर आवासिय माध्यमिक विद्यालयका प्रिन्सिपल हुन् ।
महाधिवेशनबाट केन्द्रीय सदस्यमा नेत्रलाल न्यौपाने चयन भएका छन् । न्यौपाने न्यू ओऐसिस एकेडेमीका प्रिन्सिपल हुन् । यस्तै, गण्डकी प्रदेश उपाध्यक्षमा गुराँस विद्या सदनका प्रिन्सिपल निशान खडका, सहसचिवमा सुरेन्द्र शाक्य, सदस्यमा आदर्श विद्यामन्दिर माविका प्रिन्सिपल भुपेन्द्र केसी सर्वसम्मत चयन भएका छन् ।
महाधिवेशनबाट नेसनल प्याब्सनको अध्यक्षमा सुवाश न्यौपाने सर्वसम्मत चयन भएका छन् ।





