शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

प्रथम पिङ्क सिटी महोत्सव वालिङको तयारी पूरा

प्रथम पिङ्क सिटी महोत्सव वालिङको तयारी पूरा


  • ढोरपाटन संवाददाता
  • फाल्गुन २० २०८१, मंगलबार

ज्येष्ठ नागरिक, एकल महिला, अपाङ्गलाई निःशुल्क टिकट
स्याङ्जा/प्रथम पिङ्क सिटी महोत्सव वालिङमा ज्येष्ठ नागरिक, एकल महिला, अपाङगता भएका र पाँच वर्षमुनिका बालबालिकालाई निःशुल्क प्रवेशको व्यवस्था मिलाइएको छ ।
वालिङ् चेम्बर अफ कमर्सको आयोजनामा वालिङ् खेलमैदानमा यही फागुन २१ गतेदेखि चैत्र ३ गतेसम्म सञ्चालन हुने महोत्सवमा परिचयपत्रका आधारमा निःशुल्कको ब्यवस्था गरिएको हो भने अवलोकनका निम्ति पनि सोही अनुरुप व्यवस्थापन गरिएको छ ।
‘आर्थिक सामाजिक सम्पन्न समाज, समृद्ध वालिङ’ भन्ने मूल नाराका साथ आयोजना गरिएको महोत्सवको नेपाल सरकारका उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले उद्घाटन गर्नेआयोजक संस्थाका अध्यक्ष प्रकाश न्यौपानेले बताए ।
१३ दिनसम्म चल्ने महोत्सवमा कृषि, स्थानीय कला–संस्कृति, शैक्षिक र जैविक विविधता प्रदर्शनीसहित राष्ट्रिय लोक दोहोरी कार्यक्रम हुनेछ । विद्यालयस्तरीय नृत्य प्रतियोगिता, नगरस्तरीय रत्यौली तथा भजन प्रतियोगिता, बृहत काव्य गोष्ठी, स्याङ्जा किड्स डान्स आइडल, पालिकास्तरीय खुल्ला पुरुष भलिबल प्रतियोगिता, प्रचारात्मक टिकटक प्रतियोगिता, ख्यातिप्राप्त कलाकारहरुबाट दैनिक प्रस्तुति सुगम संगीत, लाइभ कन्सर्टलगायत थुप्रै मनोरञ्जनात्मक कार्यक्रम पनि महोत्सवमा समावेश गरिएका छन् ।
यहाँ कृषि क्षेत्रका समस्या र सम्भावना र लागुऔषध नियन्त्रणसम्बन्धी बहस महोत्सवको अर्को आकर्षण रहेको छ । विभिन्न जातजाति, धर्म, सम्प्रदाय तथा संघ–संस्थाका मौलिक संस्कृति झल्कने साँस्कृतिक कार्यक्रमहरु, झाँकीसमेत महोत्सबमा प्रदर्शन गरिनेछ । आाँधीखोला थुनेर बनाइएको डुङ्गामा सयर गर्ने व्यवस्थासमेत मिलाइएको महासचिव गणेश राउतले जानकारी दिए ।
६६ लाख १५ हजार रुपियाँ आम्दानी हुने अनुमान गरिएको महोत्सवमा ६० लाख खर्च भई ६ लाख १५ हजार बचत हुने अनुमान गरिएको छ । २ सय ५० स्टल रहने महोत्सवमा दुई लाख दर्शकले अवलोकन र पाँच करोडको कारोबार हुने अनुमान छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->