सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

घाँस काट्ने क्रममा करेन्ट लागेर किशोरको मृत्यु

घाँस काट्ने क्रममा करेन्ट लागेर किशोरको मृत्यु


  • ढोरपाटन संवाददाता
  • बैशाख ५ २०८२, शुक्रबार

बागलुङ/घाँस काट्ने क्रममा करेन्ट लागेर बागलुङमा एक किशोरको ज्यान गएको छ । शुक्रबार दिउँसो साढे ४ बजे घरदेखि नजिकै रहेको काब्रोको रुखमा चढेर घाँस काट्ने क्रममा करेन्ट लागेर बागलुङ नगरपालिका वडा नं. ४ ढोडेनी बस्ने १७ वर्षिय किशोर शिव थापा मगरको मृत्यु भएको हो ।

म्याग्दी जिल्लाको बेनी नगरपालिका वडा नं. १ रत्नेचौरको बेलबोटस्थित शिव मन्दिर परिसरमा रहेको काब्रोको रुखमा चढी घाँस काट्ने क्रममा घाँसको हाँगाले रुख नजिकै रहेको ३३ हजार के.बि. प्रशारण लाइनको नाङ्गो तारमा छुँदा करेन्ट लागेर गंभीर घाइते हुनुभएका थापालाई उपचारका लागि धौलागिरि प्रादेशिक अस्प्ताल ल्याईएको थियो ।

गंभीर घाइते हुनुभएका थापालाई अस्पतालका डाक्टरले मृत घोषणा गरेका हुन् । मृतक थापाको शव अस्पतालमा राखिएको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी प्रहरी नायव उपरिक्षक विजय यादवले जानकारी दिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->