बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

जलवायु परिवर्तनले मुस्ताङमा जताततै पहिरो

जलवायु परिवर्तनले मुस्ताङमा जताततै पहिरो


  • ढोरपाटन संवाददाता
  • जेष्ठ १२ २०८२, सोमबार

बागलुङ/मुस्ताङको जलवायु परिवर्तन भएको छ । विज्ञहरुले पनि मुस्ताङको तापक्रम बढेकोले हिउँ पग्लेको, हिउँ पर्ने स्थानमा वर्षात भएको र त्यसले वातावरणमा बिनास भैरहेको बताउन थालेका छन् । माटोले छाएका घरहरु प्रसस्त देखिने मुस्ताङमा अहिले जस्तापाताको घर बढी देखिन्छ । केही वर्ष अघिदेखि हिमालपारीको जिल्ला मनाङ र मुस्ताङमा अत्याधिक पानी पर्न थालेपछि बाढी पहिरोको प्रकोप बढेको छ ।

मुस्ताङको लेतेदेखि मार्फा, जोमसोम, कागवेनी र मुक्तिनाथ सम्मका पहाडमा पहिरो नै पहिलोले उजाड बनेको छ । कालीगण्डकी आसपासका किनारमा पनि पहिरो खसेर नदीको बहाव परिवर्तन भएको देखिन्छ । हिउँ पग्लन थालेकोले कालीगण्डकीमा मिसिन आउने खोलाको बहाव पनि बढी छ । वर्षाले बाढी आएपछि आसपासको संरचना पनि बगेका छन् । सानो पुलले हुने स्थानमा लामो पुल बनाउनुपर्ने बाध्यता भएको घरपझोङ गाउँपालिकाका अध्यक्ष मोहनसिंह लालचनले बताए । ‘सानो पुल आफ्नै लगानीमा समेत बनाउन सकिन्थ्यो, ठूला संरचनाको लागि संघ र प्रदेशको लगानी चाहिन्छ’ उनले भने ।

कालीगण्डकी करिडोरको खण्ड निर्माणाधिन छ । तर यहाँ पनि पहिरोको जोखिम बढेको छ । मुस्ताङ उक्लेपछि दर्जनौं पक्की पुल बनाउनु पर्दा सडक निर्माणमा भन्दा बढी पुल निर्माणमा खर्च भैरहेको इन्जिनियरहरु बताउँछन् । सबैभन्दा कम पानी पर्ने, हिउँमात्रै पर्ने मुस्ताङमा अघिल्लो वर्ष अत्याधिक वर्षातले कागवेनी बगायो । करोडौंको क्षति भयो । अझैपनि त्यहाँ पुननिर्माण भैसकेको छैन । जलवायु परिवर्तन र त्यसको असरबारे मुस्ताङबासी चिन्तित छन् । उनीहरुले तत्काल जलवायु परिवर्तन अनुकुलन योजना बनाएर मुस्ताङको वातावरण जोगाउनुपर्ने माग गरेका छन् ।

अत्याधिक वर्षा हुन थालेपछि मुस्ताङमा माटोले बनेका घर जस्ताले छाउने मात्र हैन सिमेन्टका पक्की घर बन्न थालेका छन् । विदेशीहरुको कार्बन उत्र्सजनले जलवायु परिवर्तन भएको स्थानीयको मत छ । तर विज्ञहरुले जलवायु परिवर्तनमा स्थानीयको पनि हात रहेको टिप्पणी गर्छन् । ‘जतासुकै कंक्रिडका घरैघर बनेपछि जलवायु परिवर्तनमा स्थानीयले पनि धेरै भूमिका खेलेको देखियो’ मुस्ताङ घुम्न पुगेका सिरहाका भरत जर्घामगरले भने, ‘स्थानीय श्रोत र साधनको उपयोग गरेर संरचना बनाउन सकिने भएपनि सहरी जीवनशैली अपनाउन थालिएको रहेछ ।’ चारैतिर हिमाल देखिंदा मनमोहक देखिने मुस्ताङका अधिकांस डाँडा हिउँविहिन भएको जर्घामगरले बताए ।

पहिला साना पुल पुलेसाले चलेको स्थानमा अहिले खोला तर्न मुस्किल भएको छ । बगरले कालीगण्डकी र सहायक नदी तथा खोलाको सतह भरिएको छ । यही क्रमले बगर थुप्रिंदै गयो भने जोमसोम बजार नै जोखिममा परिसकेको अध्यक्ष लालचन गुनासो गर्छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->