पोखरा/पोखरा २७ रिठेपानीमा रहेको लिटल फ्लावर एजुकेशनल सेकेण्डरी स्कूलमा स्वास्थ्य परीक्षण शिविर राखिएको छ ।
पोखरा ११ रानीपौवामा रहेको मेडिप्लस हस्पिटल एण्ड ट्रमा सेन्टरप्रालीको प्राविधिक सहयोगमा विशेषज्ञ डाक्टरहरुबाट विद्यालयका कक्षा नर्सरीदेखि १२ सम्मका करीव २ सय ५० विद्यार्र्थीहरुको नाक, कान घाँटी तथा बाल रोगको स्वास्थ्य परीक्षण गराइएको हो ।
विद्यालयको शैक्षिक सत्र २०८२ को नियमित वार्षिक कार्यक्रमअन्तर्गत शनिबार सम्पन्न भएको उक्त स्वास्थ्य परीक्षणमा मेडिप्लस हस्पिटल एण्ड ट्रमा सेन्टर पोखराका बालरोग विशेषज्ञ प्रा. डा. इभा गौचन, नाक, कान घाँटी विशेषज्ञ सह–प्रा. डा. आकाशमणि भण्डारी, मेडिकल अफिसर डा. बन्दना सिग्देल, नर्सहरु निसानी खत्री, पूर्णिमा मल्ल लगायतको समूहले परीक्षण गरेको हो ।
विद्यालय संस्थापक देवी प्रधानले स्वागत गर्दै विद्यालयलाई थप व्यवस्थित बनाउने प्रयत्नमा आफूहरु रहेको बताइन् । प्रिन्सिपल विकल पौडेलले कार्यक्रम सम्पन्न गर्न प्रत्यक्ष अप्रत्यक्ष सहयोग पु¥याउने सम्पूर्णलाई धन्यवाद ज्ञापन गरे ।





