पोखरा/पोखरामा जनप्रनिधिको दौड प्रतियोगिता सम्पन्न भएको छ । नेपाल भूतपूर्व खेलाडि मञ्चको आयोजनामा भएको प्रतियोगितामा पोखरा महनगरपालिका भित्रका पुरुष तथा महिला जनप्रतिनिधिहरुको सहभागिता रहेको साप्ताहिक तथा मासिक दौडका रेस डाइरेक्टर एबम मञ्चका पूर्वअध्यक्ष तेजबहादुर गुरुङले जानकारी दिए ।
मञ्चले आफ्नो रजत महोत्सव बिभिन्न कार्यक्रमहरु गरि मनाउने क्रममा १२ महिना १२ वटा कार्यक्रमको योजना तय गरि मनाउने क्रममा उक्त दौड प्रतियोगिता आयोजना गरेको गुरुङले उल्लेख गरे ।
प्रतियोगितामा ६ जना वडाध्यक्षसहित वडा सदस्यहरुको पनि सहभागिता रहेको थियो ।
दौडमा पुरुष जनप्रतिनिधितर्फ वडा ७ का वडा अध्क्षय राम मोहन आर्चाय पहिलो, त्यस्तै वडा २० का गन्जमान गुरुङ दोस्रो ,वडा १५ का वडा अध्क्षय तोरण बानियाँ तेस्रो, वडा ८ जनप्रतिनिधि गोविन्द बराल चौथो र वडा १० का जनप्रतिनिध पूर्णचन्द्र न्यौपानेले पाचौँ स्थान प्राप्त गर्न सफल भए ।
त्यस्तै महिला जनप्रतिनिधितर्फ सुनिता सुनार वडा ७ बाट पहिलो, वडा १ कि शोभा गुरुङ दोस्रो ,वडा ८ कि पवित्रा केसी तेस्रो, वडा १७ कि राधिका योगी शाहीले चौथो स्थान प्राप्त गर्दा वडा १३ की सुचित तामाङले पाचौँ स्थान प्राप्त गरिन ।
यस्तै छात्रातर्फ ऐन्जिला जिटी पहिलो, मिना परियार दोस्रो,करिस्मा तिवारी तेस्रो, आर्या पोख्रेल चौथो र उपास्ना गुरुङले पाचौँ स्थान प्राप्त गर्न सफल भइन् ।
छात्रतर्फ प्रेम परियार पहिलो, आयुष सुनार दोस्रो जोसन राई तेस्रो अमिन नेपाली चौथो हुँदा विवेक परियारले पाचौँ स्थान प्राप्त गर्न सफल भए ।
कार्यक्रममा आफ्नो भनाई राख्दै कास्की जिल्ला खेलकुद विकास समितिका अध्क्षय मिलन गुरुङले खेलकुदको क्षेत्रमा मञ्चले गरेको योगदान महत्वपूर्ण रहको बताउदै प्रंशसा गरे ।
मञ्चका अध्क्षय दिलबहादुर गुरुङले सस्था २५ औँ बर्षमा प्रवेश गरेका हुदा रजत महोत्सवका कार्यक्रमलाई बर्षै भरि गरिने बताए ।
यस्तै कार्यक्रममा समितिका उपाध्क्षय तिलक अधिकारी, सचिव अन्जु केसी क्षेत्री, ३ नं. वडा अध्यक्ष प्रकाशमान उदास, वडा ११ का वडा अध्क्षय प्रेम कमचार्य, वडा २७ कावा अध्यक्ष पुर्व बहादुर गुरुङ महानगरका प्रवक्ता एवम वडा २५ का वडा अध्क्षय मोती तिमिल्सीना,वडा १ का वडा अध्क्षय साहारा प्रधानलगायतको सहभागिता रहेको थियो ।





