आइतबार, कार्तिक २ २०८३

आइतबार, कार्तिक २ २०८३
  • २ कार्तिक २०८३ , आइतबार
  • October 18 2026

जातिय भेदभाव तथा छुवाछुत उन्मुलन दिवशमा सम्मान कार्यक्रम

जातिय भेदभाव तथा छुवाछुत उन्मुलन दिवशमा सम्मान कार्यक्रम


  • लक्ष्मी परियार
  • जेष्ठ २२ २०८२, बिहिबार

बागलुङ/जिल्लाको काठेखोला गाउँपालिकामा ‘सामाजिक विभेद विरुद्वको जागरण, आर्थिक समृदि र सशक्तीकरण, हाम्रो अभियान’ भन्ने नाराका साथ १९ औं जातिय भेदभाव तथा छुवाछुत उन्मुलन दिवशको अवसरमा विविध कार्यक्रम गरी मनाईएको छ ।

कार्यक्रममा गाउँपालिकाका अध्यक्ष राजु थापाले गरिबी, अशिक्षा धर्म र अन्धविश्वासका कारणले पनि जातिय विभेद तथा छुवाछुतको अन्त्य नभएको बताएका थिए । उनले पालिकाले दलित परिबारका सदस्यलाई निशुल्क स्वास्थ्य बीमा, गरिब र दलित परिबारका छोराछोरीलाई निशुल्क प्राविधिक शिक्षा, व्यवासायीलाई अनुदानका कार्यक्रम र दलित समुदायका कृषकले उत्पादन गरेको दुध खरिद गर्नेगरी संकलन केन्द्र बनाउने र बजारीकरण गर्र्र्र्ने सहयोग गर्ने प्रतिबद्धता व्यतm गरेका थिए ।

कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष तेजबहादुर थापा तिलक, प्रमुख प्रशासकिय अधिकृत चुर्णबहादुर कार्की, जिल्ला प्रशासन कार्यालयका प्रशासकिय अधिकृत खिमबहादुर विक, पालिकाका सामाजिक विकास संयोजक खड्क बहादुर थापा, वडा अध्यक्ष कुल बहादुर विक, गाउँपालिकाका प्रवक्ता टीका संगम विक, कार्यपालिका सदस्य गिता विक, दलित संघ बागलुङका अध्यक्ष तारा बहादुर विक, दलित अगुवा गणेश नेपाली लगायतले राज्यले जातिय भेदभाव तथा छुवाछुत उन्मुलन घोषण गरेपनि कार्यान्वनमा फितलो भएको र सोचाई सकारात्मक हुन जरुरी रहेको धारणा व्यक्त गरेका थिए ।

कार्यक्रममा शिबधुरी पन्चेबाजा समूहका सदस्य सन्तु दर्जीले पहिलेदेखि नै गर्दै आएको कामलाई संरक्षण गर्न पालिकालाई आग्रह गरेका थिए ।

सो अवसरमा गाउँपालिका स्तरीय दलित समन्वय समितिले विभिन्न क्षेत्रमा योगदान पु¥याउनु हुने जिल्ला प्रशासन कार्यालय बाग्लुङका प्रशाशकिय अधिकृत खिम बहादुर विश्वकर्मा, माध्यमिक शिक्षा परीक्षा एसईईमा उत्कृष्ट हुने प्रभा विक, औषधी व्यवसायी याम कुमार, पत्रकार लक्ष्मी परियार, ग्रिल व्यवसायी भिम बहादुर विक, फर्निचर व्यवसायी चुमानसिंह विक, जुत्ता व्यवसायी गुमानसिंह नेपाली, फर्निचर व्यवसायी खड्कबहादुर किसानलाई दोसल्ला ओढाएर सम्मान गरेको छ ।

सो अवसरमा दलित परिवारका गरिब तथा जेहेनदार बालबालिकालाई शैक्षिक सामग्री र नौमति पन्चेबाजा समुहलाई पोशाक तथा आर्थिक अवस्था कमजोर भई घरविहिन लक्ष्मी दर्जीलाई खाद्यान्न वितरण गरिएको थियो ।

कार्यक्रम स्थानीय दलित समन्वय समिति काठेखोला गाउँपालिका अध्यक्ष पूर्णमाया सुनारको अध्यक्षता, दलितकर्मी भीम किसानको स्वागत र महिला तथा बालबालिका शाखाका प्रमुख रश्मी गौतमको सन्चालनमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->