आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

पश्चिमाञ्चल माविमा बास्केटबल प्रतियोगिता 

पश्चिमाञ्चल माविमा बास्केटबल प्रतियोगिता 


  • ढाेरपाटन संवाददाता
  • जेष्ठ २३ २०८२, शुक्रबार
पोखरा/ पोखराको गैहपाटनस्थित पश्चिमाञ्चल माविमा शुक्रबारदेखि बास्केटबल प्रतियोगिता सुरु भएको छ । माध्यमिक शिक्षा परीक्षा (एसइइ) दिएर बसेका विद्यार्थीले मात्र सहभागि हुन पाउनेगरि छात्र र छात्रा बास्केटबल प्रतियोगिता आयोजना गरिएको हो । प्रतियोगिता दुइदिनसम्म चल्नेछ ।
विद्यालयका प्लस टु इन्चार्ज देव क्षेत्रीका अनुसार छात्रतर्फ १७ र छात्रातर्फ ५ टिमले प्रतियोगितामा भाग लिएका छन् । एसइइ दिएर बसेका विद्यार्थीलाई खेलकुद सहितका र रचनात्मक गतिविधिमा सहभागि गराउनका लागि प्रतियोगिता आयोजना गरिएको उनले बताए । विद्यालयले आयोजना गरेको बास्केटबलको यो पहिलो प्रतियोगिता हो । विद्यालयका प्राचार्य सरोज कोइरालाले बल हस्तान्तरण गर्दै प्रतियोगिता उद्घाटन गरेका थिए । प्राचार्य कोइरालाका अनुसार छात्र र छात्राका उत्कृष्ट हुने टिमले पुरस्कार पाउनेछन् । छात्रतर्फ प्रथम हुनेले १४ हजार, द्वितीयले ८ हजार रुपैयाँ पुरस्कार पाउनेछन । त्यस्तै छात्रातर्फ प्रथम र द्वितीय हुनेले १० र ५ हजार रुपैयाँ पुरस्कार पाउनेछन । उत्कृष्ट खेलाडी र सर्वाधिक गोलकर्ताले पनि पुुरस्कार पाउनेछन ।
एसइइ दिएपछि फुर्सदिला भएका विद्यार्थीलाइ कुनै न कुनै गतिविधिमा सक्रिय गराउन सक्यो भने उनीहरु क्रियाशिल बन्ने प्राचार्य कोइरालाले बताए । ‘एसइइ दिएका बालबालिका अहिले फुर्सदिला भएका छन् । उनीहरुलाई खेलमा सक्रिय बनाउन सकियो भने उनीहरुले लुकेको क्षमतालाई बाहिर ल्याउँछन,’ उनले भने, ‘बालबालिकाको आन्तरिक क्षमता प्रस्फुटन गराउनका लागि पनि यस्ता गतिविधि आवश्यक पर्छ ।’ खेलकुदमा सक्रिय बनाउन सकियो भने बालबालिकाको शारिरिक तथा मानसिक क्षमताको पनि वृद्धि हुने उनले बताए । विद्यालयले केहीदिनपछि फुटसल प्रतियोगिता पनि आयोजना गर्ने प्राचार्य कोइरालाले बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->