आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

मैत्रीपूर्ण फुटसलमा खेलकुद पत्रकार मञ्च विजयी

मैत्रीपूर्ण फुटसलमा खेलकुद पत्रकार मञ्च विजयी


  • ढोरपाटन संवाददाता
  • जेष्ठ २७ २०८२, मंगलबार

पोखरा/हिमाल कलेज अफ म्यानेजमेन्ट एण्ड डाईनामिक एकेडेमिक र नेपाल खेलकुद पत्रकार बिच मैत्रीपूर्ण फुटसल खेल सम्पन्न भएको छ । सोमबार पोखरा ४ गणेशटोलस्थित स्पोट्र्स क्यासलको कोर्टमा भएको खेलमा खेलकुद मञ्च ८–६ गोल अन्तरले विजयी भएको छ ।

कलेजले हिमाल फुड फेष्ट–२०८२ आयोजना गर्नुअघि फुटसलको आयोजना गरेको हो । कलेजका अध्यक्ष चेतनाथ भण्डारीले हिमाल फुड फेष्ट–२०८२ पूर्वसन्ध्यामा मैत्रीपूर्ण फुटसल खेलिएको बताए । मैत्रीपूर्ण खेलले पत्रकार र शिक्षक बिचको सम्बन्ध मजबुद गर्न मद्दत पुग्ने र खेलकुदले हामी सबैलाई स्वस्थ्य र अनुशासित हुन प्रेरित गर्नेसमेत बताए ।

त्यस्तै नेपाल खेलकुद पत्रकार मञ्च गण्ककीका अध्यक्ष एमबी आस्था मगरले पत्रकार र शिक्षकहरु बिच मैत्रिपूर्ण फुटसल प्रतियोगिता गरेकोमा हिमाल कलेज अफ म्यानेजमेन्ट एण्ड डाईनामिक एकेडेमिकलाई धन्यवाद दिदै आगमी कार्यक्रमलगायत हिमाल फुड फेष्ट–२०८२ लाई नेपाल खेलकुद पत्रकार मञ्चले सहयोग गर्ने बताए । दोहोरो सहयोगको अपेक्षा राख्दै मञ्चको तर्फबाट के कसरी सहयोग गर्नपर्छ हरेक गतिबिधिमा निरन्तर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

फुड फेष्ट–२०८२ असारको पहिलो हप्ता गर्ने गरि तय भएको छ । सो कार्यक्रम प्रतियोगिता संयोजक शिशिर ज्ञवालीले संचालन गरेका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->