आइतबार, कार्तिक २ २०८३

आइतबार, कार्तिक २ २०८३
  • २ कार्तिक २०८३ , आइतबार
  • October 18 2026

बागलुङमा फोटो तथा भिडियोग्राफी तालिम सकियो

बागलुङमा फोटो तथा भिडियोग्राफी तालिम सकियो


  • ढोरपाटन संवाददाता
  • जेष्ठ ३० २०८२, शुक्रबार

बागलुङ/महिलाहरुका लागि संचालन गरिएको १५ दिने फोटो तथा भिडियोग्राफी सम्बन्धी तालिम सकिएको छ । बागलुङ नगरपालिकाले आयोजना गरेको तालिममा १८ जना सहभागि थिए । सहभागिहरुलाई तालिमपछि प्रमाण पत्र बितरण गरिएको छ ।

समापनमा बोल्दै नगर उपप्रमुख राजु खड्काले फोटो तथा भिडियोग्राफी तालिमले सहभागिहरुलाई भोक जगाउने र आगामी दिनमा फोटो तथा भिडियो खिच्नलाई निरन्तर प्रेरित गर्ने विश्वास ब्यक्त गरे । महिलालाई व्यवसायिक तथा आयआर्जन गर्न र आत्म सुरक्षाका लागि तालिम निकै महत्वपूर्ण बन्ने बताउँदै खड्काले महिलाहरुको सशक्तिकरण गर्दै नेतृत्व विकास, आर्थिक विकास, रोजगारी, शिप तथा उत्पादनमा लाग्न उपयुक्त वातावरण निर्माणमा नगरपालिकाले ध्यान दिइरहेको बताए ।

कार्यक्रममा प्रमुख प्रशासकिय अधिकृत हरिदत्त कँडेलले तालिममा सिकेका सिपहरु आगामी दिनमा देख्न पाइने विश्वास लिंदै महिलाहरुले फोटो तथा भिडियोग्राफीलाई व्यवसायिक रुपमा नै आगाडी बढाउनु पर्नेमा सुझाव दिएका थिए ।

नेपाल फोटो पत्रकार संघका पुर्व अध्यक्ष एवं प्रशिक्षक कविन्द्रमान शाक्य, संघका पूर्व सचिव एवं प्रशिक्षक किशोर श्रेष्ठ, संघका पुर्व केन्द्रिय सदस्य एवं पत्रकार किरण आचार्यले फोटो तथा भिडियोग्राफीको प्राविधिक विषयमा प्रशिक्षार्थीहरुले ध्यान दिनुपर्नेमा जोड दिए ।

पछिल्लो समय यो क्षेत्रले व्यवसायिक रुपमा ठूलो सम्भावना देखाएको बताउँदै उनीहरुले अब महिलाहरुले स्टुडियो तथा औपचारिक कार्यक्रम र विवाह व्रतबन्ध लगायतका कार्यक्रममा कुशलतापुर्वक काम गर्न सक्ने विश्वास ब्यक्त गरेका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->