पोखरा/लिटिल स्टेप मावि सिमलचौरमा अध्ययनरत विद्यार्थीहरुको दाँत परीक्षण गरिएको छ ।
कान्तिपुर डेन्टल हस्पिटल तथा पैरवी हेल्थ एन्ड डेन्टल केयर सेन्टर न्यूरोडको प्राविधिक सहयोगमा प्ले ग्रुप, नर्सरीदेखि कक्षा १० सम्म अध्ययनरत विद्यार्थीहरुको मुख, गिँजा र दन्त परीक्षण गरिएको हो ।
चिकित्सक र स्वास्थ्यकर्मीको टोलीलाई विद्यालयका संस्थापक अध्यक्ष शेरबहादुर गुरुङ तथा संस्थापक प्राचार्य श्रीमती पम्फा गुरुङले दुबै स्वास्थ्य टोलीप्रति आभार प्रकट गर्दै धन्यवाद ज्ञापन गरेका थिए ।





