बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

मुक्तिनाथ वेद विद्याश्रमका बटुकहरुको आँखा परीक्षण

मुक्तिनाथ वेद विद्याश्रमका बटुकहरुको आँखा परीक्षण


  • ढोरपाटन संवाददाता
  • असार १० २०८२, मंगलबार

बागलुङ/बागलुङ नगरपालिका वडा नंं. ४ को कुँडुलेस्थित मुक्तिनाथ वेद विद्याश्रममा अध्ययन गर्ने तीस जना बटुकको आँखा परीक्षण गर्दा सात जनामा गंभीर समस्या देखिएको छ । तीमध्ये सबै जनालाई तत्कालका लागि चस्मा वितरण गरिए पनि सात जनामा समस्या देखिनुलाई चिकित्सक र स्थानीयले गम्भिर रुपमा लिएका छन् ।

यो झण्डै २५ प्रतिशत समस्या हो । सयौंको शिविरमा केहीलाई समस्या देखिनु सामान्य लागेपनि विद्यालय उमेरका सानो संख्यामा ठूलो समस्या देखिएको हो । धौलागिरि एकीकृत ग्रामीण विकास केन्द्रको अगुवाईमा धौलागिरि आँखा अस्पतालका चिकित्सकले गरेको परीक्षणमा उक्त समस्या देखिएको कार्यक्रम व्यवस्थापक शालिकराम शर्माले बताए । केही समयदेखि केन्द्रले आँखा स्वास्थ्यको क्षेत्रमा काम गर्दै आएको छ । आँखा जाँच गर्दा बटुकहरुको उपचारमा ख्याल गर्नुपर्ने आवस्यकता देखिएको हो ।

उपल्लाचौरस्थित धौलागिरि आँखा अस्पतालको प्राविधिक सहायेगमा केन्द्रले निशुल्क शिविरमार्फत बटुकको आँखा परीक्षण गराएको थियो । जिल्लाभर चार हजार विद्यार्थीमा आँखा परीक्षणको काममा केन्द्रले काम गरिरहेको छ । अन्य विद्यालयमा भने यो संख्यामा आँखामा समस्या नदेखिएको व्यवस्थापक शर्माले बताए ।

परीक्षणमा सहभागि डा. विनम लामिछानेले आँखामा समस्या देखिएको गम्भिर भएको बताए । डा. लामिछानेले बालबालिकामा आँखाको समस्या बढ्नुमा आनीबानी प्रमुख कारण हुने बताउनुभयो । मोबाइल धेरै हेर्ने, समयमा नसुत्ने, उचित पौष्टिक आहारबिहारमा ख्याल नगर्ने जस्ता कारण भएको डा. लामिछानेको भनाई थियो । ती बटुकहरुको हकमा खानपानमा पनि केही चासो बढाउनुपर्ने उनको सुझाव छ ।

व्यवस्थापक शर्माका अनुसार, नेदरल्याण्डको वाइल्ड डि ग्यान्जेनको सहयोगमा जिल्लाका १ सय २२ विद्यालयमा स्वास्थ्य तथा सरसफाइ कार्यक्रम संचालन भएको छ । त्योमध्ये १५ विद्यालयमा आँखाको स्वास्थ्य क्षेत्रमा काम गर्दै आएको छ । थप १० विद्यालयमा मुख स्वास्थ्य कार्यक्रमअन्र्तगत बालबालिकाको दाँतको स्वच्छता कार्यक्रम संचालन भएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->