आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

ताराखोलामा टिपर दुर्घटना हुँदा दुई जना घाइते

ताराखोलामा टिपर दुर्घटना हुँदा दुई जना घाइते


  • ढोरपाटन संवाददाता
  • असार १५ २०८२, आइतबार

बागलुङ/पश्चिम बागलुङको ताराखोला गाउँपालिकामा टिपर दुर्घटना हुँदा दुई जना घाइते भएका छन् ।

शनिबार साँझ गलकोट नगरपालिकाको हटिया बजारबाट ताराखोलातर्फ जाँदै गरेको बा ४ ख ८७२७ नम्बर को टिपर ताराखोला ३ मनेलमा दुर्घटना हुँदा चालक धादिङ जिल्ला धुनिबेसी नगरपालिका वडा नं. ९ का ४२ वर्षिय संजय तामाङ र सहचालक उदयपुर जिल्ला गडी गाउँपालिका वडा नं. १ का २६ वर्षिय लिलबहादुर राई घाइते भएका हुन् ।

टिपर सडकदेखि झण्डै ५० मिटर तल खोलामा खसेको थियो । दुर्घटनामा परी गंभीर घाइते भएका तामाङ र राईको गल्कोट नगर अस्पतालमा उपचारपछि थप उपचारको लागि पोखरास्थित गण्डकी अस्पतालमा रिफर गरिएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी नायव उपरिक्षक बसन्त पाण्डेले जानकारी दिए ।

दुवै घाइतेको हात र खुट्टामा चोट लागेको छ । टिपर दुर्घटना भएको खबर पाएलगत्तै इलाका प्रहरी कार्यालय ताराखोलाका प्रहरी नायव निरीक्षक विष्णु प्रसाद शर्माको नेतृत्वमा खटिएको टोलीले घाइतेको उद्वार गरेको थियो । घटनास्थल ताराखोलादेखि दुई किलोमिटर दक्षिण पर्ने प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->