पोखरा/नेपाली कांग्रेस प्रशिक्षण शाखा कास्कीले शनिवार पोखरामा परराष्ट्र मामिलामा बीपी कोइराला विषयक प्र्रशिक्षण कार्यक्रम गरेको छ ।
नेपाली कांग्रेस र शुभेच्छुक संस्थाहरुको अन्तर सम्बन्ध तथा राष्ट्रियता र परराष्ट्र मामिलामा वीपी कोइराला विषयक प्रशिक्षणमा एक सयभन्दा बढीको सहभागिता रहेको कास्की काँग्रेसका सहसचिव एवं प्रवत्ता नवीन सिग्देलले बताए ।
कार्यक्रममा प्रशिक्षण शाखाका सल्लाहकार डा. भीमनाथ बराल र सदस्य कपिलमणि दाहालले सहजिकरण गरेका थिए । नेपाली काँग्रेस प्रशिक्षण शाखा कास्कीका संयोजक युवराज कुँवरको अध्यक्षतामा भएको कार्यक्रमको संचालन सदस्य पशुपति शर्मा भट्टराईले गरेका थिए ।





