बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

चन्द्रकला मृत फेला

चन्द्रकला मृत फेला


  • ढोरपाटन संवाददाता
  • साउन १२ २०८२, सोमबार

म्याग्दी/म्याग्दी, म्याग्दीको बेनी नगरपालिका–१०,पाल्लेखेतकी चन्द्रकला भण्डारी मृत फेला परेकी छिन् । ७५ वर्षिय चन्द्रकला गत असार महिना २८ गते शनिबार घरबाट बेपत्ता भएकी थिइन् । शनिबार विहान गाउँ तलको बान्द्रे पहिरोमा शव सडेगलेको अवस्थमा भेटिएको स्थानीय बिजुन केसीले बताए । बान्द्रो पहिरोको तल सुतिरहेको अवस्थमा भेटिएको थियो । घरबाट बेपत्ता भएपछि परिवार, छिमेकी सहितको टोलीले उक्त क्षेत्र आसपासका खोजीकार्य समेत गरेका थिए ।

वृद्ध भण्डारीको शव भेटिएपछि प्रहरीलाई समेत जानकारी गराइएको छ । मृत्युको कारण भने खुलिसकेको छैन । बृद्धा भण्डारी मानसिक रोगी समेत हुन । घरबाटै बेपत्ता भएपछि पाल्लेखेत, घतान, तोरीपानी सहित बेनी नगरपालिकाभित्र र बेनीबजारसँगै छिमेकी रघुगंगा गाउँपालिका वडा नं ५ झिँ गाउँमा समेत खोजी गरिएको थियो भने प्रहरीमा समेत आफन्तले खोजीका लागि प्रहरीमा जाहेरी दिएका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->