शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

पोखरेली खेलकुदमा कोरियाली सहयोग

पोखरेली खेलकुदमा कोरियाली सहयोग

खेल गतिविधिमार्फत् काउन्टी खेलकुद समिति र महानगर खेलकुद समितिबीच मैत्रीपूर्ण सम्बन्ध बढाउने, खेलाडी, प्रशिक्षक र कार्यक्रम आदानप्रदान गर्ने उद्देश्य रहेको छ ।


  • ढोरपाटन संवाददाता
  • भाद्र ११ २०८२, बुधबार

पोखरा/पोखरा महानगरपालिका, जिल्ला खेलकुद विकास समिति कास्की र कोरियाको चियोङ याङ काउन्टी खेलकुद समितिबीच मंगलबार एक सम्झौता भयो । कोरियाले आफ्ना सामान आयात गरेवापत् कास्कीको खेलकुदलाई सहयोग गर्ने भएको हो ।

पोखरा महानगरपालिकामा भएको सम्झौतामा कोरियाली खेलकुद समितिले महानगरपालिका र जिल्ला खेलकुद विकास समितिसँग छुट्टाछुट्टै सम्झौता ग¥यो ।

खेल गतिविधिमार्फत् काउन्टी खेलकुद समिति र महानगर खेलकुद समितिबीच मैत्रीपूर्ण सम्बन्ध बढाउने, खेलाडी, प्रशिक्षक र कार्यक्रम आदानप्रदान गर्ने उद्देश्य रहेको छ । यस्तै खेलाडीको प्रदर्शनलाइ सुधार्न समन्वय र सहयोग गर्ने अर्को उद्देश्य रहेको छ भने कोरियाली खेलकुद संस्थाले खेलकुदसम्बन्धी तथा अन्य सामान र सेवाहरु नेपालमा निर्यात गर्नका लागि क्षेत्रहरु पत्ता लगाउनेसमेत सम्झौतामा उल्लेख गरेको छ ।

यो बाहेक कोरियाले आफ्ना खेलाडीलाई उच्च हिमाली क्षेत्रमा प्रशिक्षणको लागि आवश्यक सहजीकरण, मैत्रीपूर्ण र सहयोगात्मक सम्बन्ध अभिवृद्धि गर्ने गरी त्रिपक्षीय सम्झौता भएको छ । सम्झौतामा जिल्ला खेलकुद विकास समिति, पोखरा महानगरपालिका र गणतन्त्र कोरियाको चेओगं योङ काउन्टी खेलकुद समितिले हस्ताक्षर गरेका छन् । समझदारी पत्रमा जिल्ला खेलकुद विकास समितिको तर्फबाट मिलन गुरुङ, पोखरा महानगरपालिकाकाको तर्फबाट प्रमुख प्रशासकीय अधिकृत मुक्तिराम अर्याल र चेओगं योङ काउन्टीको तर्फबाट हान ग्वाङ् सेओकले हस्ताक्षर गरेका हुन् । कोरियाली खेलकुद समितिले जिल्ला र महानगरपालिकासँग छुट्टाछुट्टै सम्झौता गरे ।

त्रिपक्षि बिच आपसमा खेल गतिविधिहरूको माध्यमबाट मैत्रीपूर्ण सम्बन्ध अभिवृद्धि गर्ने, खेलाडी, प्रशिक्षक र खेलप्रेमीहरू बिच भ्रमण आदानप्रदान, पोखराका खेलकुद र खेलाडीहरूको प्रदर्शनलाई थप सुधार गर्न समन्वय र सहयोग प्रदान गर्ने, कोरियाली खेलकुदसँग सम्बन्धित उत्पादन साथै अन्य वस्तु तथा सेवाहरूको निर्यातका लागि आवश्यक समन्वय तथा सहकार्य गर्ने उद्देश्यले उक्त समझदारी गरिएको नगर प्रमुख धनराज आचार्यले बताए ।

‘फुटबल, बक्सिङ, तेक्वान्दो, भलिबल, ब्याडमिन्टन, टेबलटेनिस, लनटेनिस, एथलेटिक्स, म्याराथन लगायत खेलहरूमा हाम्रा खेलाडीहरूको दक्षता अभिवृद्धि गर्न र विशेषज्ञता हासिल गर्न यो समझदारी महत्वपूर्ण हुनेछ,’ आचार्यले भने ‘पर्यटकीय राजधानी पोखरालाई खेलकुदको हब बनाउने सन्दर्भमा अन्तर्राष्ट्रिय सहकार्यले यसको औचित्य पुष्टि गरेको छ । यस मार्फत पोखरेली र कोरियाली खेलाडीहरूबिच नियमित मैत्रीपूर्ण खेलको व्यवस्था मिलाउने र कोरियाली प्रशिक्षकको मार्गदर्शनमा पोखराका खेलाडीको क्षमता अभिवृद्धि गर्नसमेत सहज हुनेछ ।’

यो सम्झौताले कास्की जिल्लाको खेलकुदका लागि योगदान पुग्नेमा आशावादी रहेको जिल्ला खेलकुद विकास समितिका अध्यक्ष मिलन गुरुङले बताए । उनले एकअर्कासँगको समझदारीले खेलाडीको प्रदर्शनीमा निखार ल्याउन मद्धत पुग्ने बताए ।

चेओगं योङ काउन्टी खेलकुद समितिका अध्यक्ष हान ग्वाङ् सेओकले पोखराका खेलाडीहरूको प्रदर्शनमा सुधार गर्न उन्नत प्रविधि र प्रशिक्षण विधिहरू प्रदान गरिने बताए । युवा खेलाडीहरू आदानप्रदान, विद्यालयस्तरका खेलकुदका कार्यक्रमहरू सञ्चालन, पोखरामा रहेका खेलकुद संस्थाहरूलाई व्यावसायिक स्तरको सीप विकासमा सहयोग, समग्र पोखरा महानगर भित्रका खेलकुद गतिविधिहरूका सम्भाव्य क्षेत्रहरूको खोजीका लागि तत्पर रहेको उनले बताए ।

कार्यक्रममा पोखरा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अर्यालले सम्झौता पत्र पढेर सुनाएका थिए । सम्झौताको क्रममा अग्रज पर्यटन व्यवसायी तथा पूर्वा बक्सर गणेश बहादुर भट्टराई, पोखरा महानगरपालिका वडा नं.१५ का वडा अध्यक्ष एवं महानगरको खेलकुद विकास समितिका संयोजक तोरणबहादुर बानियाँलगायतले समझदारी पोखराका खेलाडीहरूको अन्तर्राष्ट्रिय पहुँच स्थापना गर्ने सवालमा निकै महत्वपूर्ण रहेको सुनाए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->