बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

४ सय जनाको सित्तैमा जाँच

४ सय जनाको सित्तैमा जाँच


  • ढाेरपाटन संवाददाता
  • भाद्र २२ २०८२, आइतबार

पोखरा/  युनाइटेड रेफरेन्स ल्याबोरेटरी प्रालि (युआरएल) ले शनिबार पोखराका २ स्थानमा गरेको शिविरमा करिब चार सय जनाको सित्तैमा रक्त परीक्षण गरेको छ । सहयात्री बचत तथा ऋण सहकारीको साधारणसभामा भएको शिविरमा २ सय पाँच जनाको सित्तैमा मधुमेह र रगतमा हुने खराब बोसो (टिजी) सम्बन्धी जाँच गरिएको हो ।

यस्तै, नवीन बचत तथा ऋण सहकारीको १९ औं साधारणसभा आयोजित शिविरमा १ सय ८० जनाको सित्तैमा रक्त परीक्षण गरिएको छ । शिविरमा थाइराइड (टिएसएच) र क्रेटिनाइन (मिर्गाैलासम्बन्धी रक्त जाँच) सित्तैमा गरिएको हो । १२ वर्षअघि पोखरामा स्थापना भएको युआरएल गण्डकी प्रदेशको एकमात्र आइएसओ प्रमाणित रेफरेन्स ल्याब हो ।

युआरएल अध्यक्ष ठाकुरप्रसाद पन्थले १२ वर्षको अवधिमा युआरएल आफैं र विभिन्न संघ, संस्थासँग सहकार्य गरी २ सय ९ निशुल्क स्वास्थ्य शिविर आयोजना गरिएको जानकारी दिनुभयो । यो अवधिमा साढे ३ लाख जनाले शिविरबाट निशुल्क रगत जाँच सुविधा लिएको उहाँको भनाइ छ ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->