मंगलबार, असोज २७ २०८३

मंगलबार, असोज २७ २०८३
  • २७ असोज २०८३ , मंगलबार
  • October 13 2026

बडो जुक्तिले संविधान र संसदीय प्रणाली बाँचेको छ : राष्ट्रपति

बडो जुक्तिले संविधान र संसदीय प्रणाली बाँचेको छ : राष्ट्रपति

प्राप्त अवसरको सदुपयोग गर्दै जनता रिझाउने र आफैँमा सम्हालिएर फागुन २१ मा चुनाव सम्पन्न गराउने काममा सहयोगका लागि अपिल


  • ढोरपाटन संवाददाता
  • भाद्र २८ २०८२, शनिबार

काठमाडौं / राष्ट्रपति रामचन्द्र पौडेलले कठिन प्रयत्नपश्चात् शान्तिपूर्ण निकास निस्किएको भन्दै खुसी व्यक्त गरेका छन् । संविधान र संसदीय प्रणाली बचेको उनको भनाइ छ ।

आफ्नो विज्ञप्तिमा पौडेलले भनेका छन् ,‘संघीय लोकतान्त्रिक गणतन्त्र कायम रहेको छ । ६ महिनाभित्र प्रतिनिधिसभाको निर्वाचन सम्पन्न गरी अझ उन्नत लोकतन्त्रको बाटोमा अघि बढ्न जनताले अवसर पाएका छन् ।’

बडो जुक्तिले प्राप्त अवसरको सदुपयोग गर्दै जनता रिझाउने र आफैँमा सम्हालिएर फागुन २१ मा चुनाव सम्पन्न गराउने काममा सहयोगका लागि उनले अपिल गरेका छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->