पोखरा/पोखराको चिप्लेढुङ्गास्थित ट्रेड महल हाउजिङ प्रालिमा लुटपाटमा संलग्न भएको आरोपमा ४ जना पक्राउ परेका छन् । शनिबार दिउँसो करिब साढे १२ बजे उनीहरुले त्यहाँ धारिलो हतियार देखाइ लुटपाट लुटपाट गरेको भन्ने विशेष सूचनाका आधारमा वडा प्रहरी कार्यालय बैदामबाट खटिएको टोलीले उनीहरुलाई पक्राउ परेको हो ।
पक्राउ पर्नेमा पोखरा–१० बस्ने २८ वर्षीय विवेक गुरुङ, पोखरा–२९ बस्ने २७ वर्षीय बुद्ध गुरुङ, पोखरा–५ बस्ने ३७ वर्षीय मनिराज तामाङ र पोखरा–१७ बस्ने ४० वर्षीय दीपक ढकाल रहेको प्रहरीले जनाएको छ । पक्राउ परेकामध्ये विवेक गुरुङको साथबाट विभिन्न दरका नेपाली रुपैयाँ जम्मा १ लाख २२ हजार रुपैयाँ र तरवार बरामद गरिएको प्रहरीले जनाएको छ ।
त्यस्तै, बुद्ध गुरुङको साथबाट फलामको स्टिक पनि बरामद गरिएको छ । प्रहरीले चारै जनालाई आवश्यक अनुसन्धानका लागि नियन्त्रणमा लिएर थप कारबाही अघि बढाएको जनाएको छ ।





