मंगलबार, असोज २७ २०८३

मंगलबार, असोज २७ २०८३
  • २७ असोज २०८३ , मंगलबार
  • October 13 2026

रास्वपाकी नेतृ सुमना श्रेष्ठले छाडिन् पार्टी

रास्वपाकी नेतृ सुमना श्रेष्ठले छाडिन् पार्टी


  • ढोरपाटन संवाददाता
  • भाद्र २९ २०८२, आइतबार

काठमाडौं/ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की नेतृ तथा पूर्वशिक्षामन्त्री सुमना श्रेष्ठले पार्टी छाडेकी छन्। उनले आइतबार पार्टी परित्यागको घोषणा गरेकी हुन्। श्रेष्ठले पार्टी केन्द्रीय समितिलाईसमेत जानकारी गराउँदै नेतृत्वप्रति गम्भीर असन्तुष्टि प्रकट गरेकी छन्।

‘कहिल्यै गल्ती नस्वीकार्ने। गल्तीमाथि फेरि गल्ती गरिरहने र त्यसको बोझ पार्टीका सबैले बोक्नुपर्ने। पार्टीभित्र आलोचना गर्नेहरूविरुद्ध मिडिया ट्रायल गर्ने। जबदेखि राष्ट्रिय स्वतन्त्र पार्टीले देशभन्दा माथि पार्टी र पार्टीभन्दा माथि नेतालाई राख्न थालेको हो, त्यतिबाटै मैले आलोचना गर्दै आएको छु। तर त्यसले कतै पनि फरक परेनस उल्टै मिडिया ट्रायल हुन थालेको छ। यो स्विकार्य छैन ।’ सामाजिक सञ्जालमा उनले लेखेकी छन्।

जेनजी आन्दोलनपछि मुलुकको प्रधानमन्त्रीमा सुशीला कार्की नियुक्त भएकी छन्। उनी नियुक्ति हुँदा सुमना पनि सँगै भएकाले सुमना मन्त्री हुन लागेको चर्चा पनि चलेको थियो। यद्यपि, अन्तरिम सरकारको मन्त्रीमा आफू जाने कुरा सत्य नभएको सुमनाले बताएकी थिइन्।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->