मंगलबार, असोज २७ २०८३

मंगलबार, असोज २७ २०८३
  • २७ असोज २०८३ , मंगलबार
  • October 13 2026

जलेकै भवनबाट कास्की प्रशासनको अत्यावस्यक सेवा सुरु

जलेकै भवनबाट कास्की प्रशासनको अत्यावस्यक सेवा सुरु


  • ढाेरपाटन संवाददाता
  • भाद्र २९ २०८२, आइतबार

पोखरा/  जिल्ला प्रशासन कार्यालय कास्कीले जलेकै भवनबाट आइतबारदेखि अत्यावश्यक सेवा सुरु गरेको छ। जेन जीको प्रदर्शनका क्रममा भदौ २४ मा प्रशासन कार्यालयमा आगजनी गर्दा कार्यालय ध्वस्त भएको थियो ।

सर्वसाधारणलाई अत्यावश्यक शान्ति सुरक्षा, मुद्धा दर्ता, म्याद थप र विपद्को काम शुरु गरेको प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले सूचना प्रकाशित गरी जनाएकी हुन् ।

प्रशासनले अहिले दुइवटा कोठा सामान्य मर्मतसम्भार गरेर सेवा दिन सुरु गरेको हो । अरु दुइवटा कोठा पनि मर्मत भइरहेको छ । ‘सर्वसाधारणलाई अत्यावश्यक सेवा शान्ति सुरक्षा, मुद्धा दर्ता, म्याद थप र विपदका घटनामा सेवा दिन शुरु गर्‍यौं,’ उनले भनिन्, ‘नागरिकता वितरण, राहदानी, राष्ट्रिय परिचय पत्र वितरण जस्ता सेवा क्रमिक रुपमा सुचारु गर्दै लगिनेछ।’

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->