मंगलबार, असोज २७ २०८३

मंगलबार, असोज २७ २०८३
  • २७ असोज २०८३ , मंगलबार
  • October 13 2026

मन्त्री थापालाई चोटमाथि चोट दिने उपक्रम जारी

मन्त्री थापालाई चोटमाथि चोट दिने उपक्रम जारी

मन्त्री विन्दुकुमार थापाका छोरा सौगात थापाको नाममा फेक आइडी बनाइ रकम ठगी गर्न थालिएको छ । आफू अहिले समस्यामा परेको र सहयोग गर्न भन्दै सौगात थापाको नामबाट ठगहरुले रकम माग्ने गरेका छन् ।


  • ढोरपाटन संवाददाता
  • भाद्र ३० २०८२, सोमबार

पोखरा/जेनजीको आन्दोलनमा तहस नहस भएको पोखरामा गण्डकी प्रदेशका सामाजिक मन्त्री विन्दुकुमार थापाको निजी घर तथा व्यवसाय पनि जलाइयो । पोखराको नयाँबजारमा उनको घरसँगै भाइको घर पनि जलाइयो भने लेकसाइडमा रहेको होटल र व्यवसायिक प्रतिष्ठान पनि जलाइयो । जेनजीले लगाएको आगोमा परी दुईजना महिलाको मृत्यु भयो । उनै थापाको परिवारमाथि अहिले अर्को हमला भएको छ । मन्त्री थापाका छोरा सौगात थापाको नाममा फेक आइडी बनाइ रकम ठगी गर्न थालिएको छ । आफू अहिले समस्यामा परेको र सहयोग गर्न भन्दै सौगात थापाको नामबाट ठगहरुले रकम माग्ने गरेका छन् ।

विन्दुकुमार थापाका भाइ धु्रव थापाले आफूहरुको नामबाट ठगी भएको बताएका छन् । उनले सामाजिक सञ्जाल फेसबुकमा लेख्दै त्यस्तो किसिमको सहयोग माग्न लागेमा तत्कालै प्रहरीलाई खबर गर्न आग्रह गरे । उनले लेखेका छन, ‘वर्तमान पीडाको समयमा पनि केही असामाजिक व्यक्तिहरुले हाम्रो परिवारलाई थप पीडा दिन खोजेको भेटिएको छ । हाम्रो परिवारका सदस्यहरुको नाममा फेक आइडीहरु बनाएर केही व्यक्तिहरुले सहयोग रकम माग गर्दै ठगीधन्दा चलाइरहेको पाइएको छ । जानकारीमा आएका केही त्यस्ता व्यक्तिहरुलाई प्रहरीले पक्राउ गरी कारवाहीको प्रक्रियासमेत अघि बढाइसकेको छ । यस अवस्थामा हाम्रो तथा हाम्रो परिवारको कसैको पनि नामबाट कुनैपनि माध्यमद्धारा कसैले पनि सहयोग रकम मागेको पाइएमा तत्काल हामीलाई वा प्रहरीलाई जानकारी गराइ सहयोग गरिदिनुहुन हार्दिक अपिल गर्दछौं ।’

घर र रिसोर्ट जलाइएको भोलिपल्टै मन्त्री थापाका छोरा सौगात थापाको नाममा नक्कली फेसबुक आईडी बनाइएको थियो । त्यसमार्फत् आफू ठूलो समस्यामा परेको भन्दै विभिन्न व्यक्तिहरूसँग रकम मागियो । पोखरा उद्योग वाणिज्य संघकी महासचिव शोभा गौतमले उक्त आईडीमार्फत् एक लाख रुपैयाँ मागिएको भन्दै फेसबुकमै जानकारी गराएकी छन् । त्यसपछि अरु धेरै व्यक्तिहरूले पनि त्यस्तै किसिमले रकम मागिएको विषय सार्वजनिक गरेका थिए ।

यसै क्रममा पोखरा ट्रेड मलमा व्यवसाय गर्नेहरुसँग पनि नक्कली आईडीमार्फत् रकम असुल्ने प्रयास भयो । एक व्यापारीलाई नगदमै रकम लिन बोलाइएपछि उनले प्रहरीलाई खबर गरे । त्यसै क्रममा प्रहरीले नगद लिन पुगेका ४ जनालाई पक्राउ ग¥यो ।पक्राउ पर्नेमा लमजुङ मध्यनेपाल–८ का २८ वर्षीय विवेक गुरुङ, पोखरा–२९ का २७ वर्षका बुद्ध गुरुङ, पोखरा–५ का ३७ वर्षीय मीनराज तामाङ र पोखरा–१७ का ४० वर्षीय दीपक ढकाल रहेका छन् ।

प्रहरीका अनुसार उनीहरूसँग लुटपाटमा प्रयोग हुने धारिलो हतियारसमेत भेटिएको छ । विवेक गुरुङको साथबाट विभिन्न दरका १ लाख २२ हजार रुपैयाँ र दापसहितको धारिलो तरबार बरामद गरिएको छ भने बुद्ध गुरुङको साथबाट फलामको स्टिक बरामद गरिएको छ । उनीहरूले नक्कली आईडीमार्फत्मात्र नभइ अन्य स्थानमा हातहतियार देखाएर रकम असुली गरेको सूचना प्रहरीलाई प्राप्त भएको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी एवं डिएसपी हरिबहादुर बस्नेतले बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->