मंगलबार, असोज २७ २०८३

मंगलबार, असोज २७ २०८३
  • २७ असोज २०८३ , मंगलबार
  • October 13 2026

चोरिएका सामान फिर्ता गर्न मुख्यमन्त्री कार्यालयको अनुरोध

चोरिएका सामान फिर्ता गर्न मुख्यमन्त्री कार्यालयको अनुरोध


  • ढाेरपाटन संवाददाता
  • भाद्र ३० २०८२, सोमबार

पोखरा/  गण्डकी प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जेन जी आन्दोलनका क्रममा विभिन्न कार्यालयबाट चोरि भएका सामानहरु फिर्ता गर्न अनुरोध गरेको छ ।

मन्त्रालयले सोमबार एक सूचना जारी गर्दै मुख्यमन्त्री कार्यालय र प्रदेशस्थित अन्य मन्त्रालय, आयोग, निकाय, कार्यालय र निवासमा भएको तोडफोड, आगजनी र चोरी एवं लुटपाटबाट सवारी साधन, टिभी, कम्प्युटर, ल्यापटप, स्क्यानर, क्यामरा, प्रिन्टर, फर्निचर लगायत सामान लुटपाट र चोरी भएको नाएको छ । उक्त तोडफोड र चोरी संलग्नहरुको सिसीटीभी फुटेज र अन्य भिडियोहरुबाट पहिचान गर्ने काम भइरहकाले कोही कसैले कार्यालय र अन्य निकायका सामाग्रीहरु लिएको वा प्राप्त गरेको भए ती सामान सम्बन्धित कार्यालय वा नजिकको प्रहरी कार्यालयमा बुझाइदिन सूचनामा अनुरोध गरिएको छ । सामान फिर्ता गर्नेको नाम गोप्य राखिने जनाइएको छ । नभए कानुनी कारवाही गरिने व्यहोरा सूचनामा छ ।

जेन जी को आन्दोलनका क्रममा गण्डकी प्रदेशका विभिन्न कार्यालयमा तोडफोड, आगजनी हुनुका साथै जलेर बचेका सामान चोरी भएका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->