मंगलबार, असोज २७ २०८३

मंगलबार, असोज २७ २०८३
  • २७ असोज २०८३ , मंगलबार
  • October 13 2026

गृहमन्त्रीको पहिलो निर्णयः ‘राष्ट्रिय शोक मनाउने, काजकिरिया खर्च दिने’

गृहमन्त्रीको पहिलो निर्णयः ‘राष्ट्रिय शोक मनाउने, काजकिरिया खर्च दिने’


  • ढोरपाटन संवाददाता
  • भाद्र ३० २०८२, सोमबार

काठमाडौं / सरकारले ‘जेनजी’को आन्दोलनका क्रममा मारिएकाको सम्मानमा राष्ट्रिय शोक मनाउने भएको छ । गृह र कानुन, न्याय तथा संसदीय मामिलामन्त्री ओमप्रकाश अर्यालले सोमबार सिंहदरबारमा पुगेर पदभार ग्रहण गरेलगत्तै यस्तो निर्णय गरेका हुन् ।

उनले मृतकको सम्मानमा राष्ट्रिय झन्डा आधा झुकाएर राष्ट्रिय शोक मनाउने निर्णय गरिएको जानकारी दिए । मन्त्रिपरिषद् बैठक बसेर त्यसको मितिबारे औपचारिक निर्णय गरिने उनले बताए । मन्त्री अर्यालले काजकिरिया खर्चबापत परिवारलाई एकरएक लाख रुपैयाँ उपलब्ध गराउने निर्णय पनि गरिएको जानकारी दिए ।

मृतकको शव व्यवस्थापनका निम्ति निःशुल्क सवारीसाधन र दुर्गम क्षेत्रका लागि हेलिकोप्टर उपलब्ध गराउने निर्णय समेत गरिएको छ । ‘प्रदर्शनकारी र सुरक्षा निकायका कर्मचारीको सम्मानस्वरूप राष्ट्रिय शोकको रूपमा मनाउने र राष्ट्रिय झन्डा आधार झुकाउने भन्ने एउटा निर्णय छ,” उनले भने, “दोस्रो, मृतकहरूको परिवारलाई काजकिरियाबापत प्रतिमृतक रु। एक लाख उपलब्ध गराउने । त्यसका लागि रकमको व्यवस्थापन अर्थ मन्त्रालयले गर्ने । तेस्रो, परिवारका सदस्यहरूको आग्रहबमोजिम मृतकको शव व्यवस्थापनका लागि निःशुल्क सवारीसाधन एवं दुर्गमको हकमा हेलिकोप्टरको व्यवस्थापन गर्ने भनेर तीनवटा निर्णय गरेका छौँ ।’
सरकारले जेनजी आन्दोलनका क्रममा मारिएकालाई यसअघि नै सहिद घोषणा गरिसकेको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->