पोखरा/अर्थमन्त्री रामेश्वर खनालले मन्त्रालयका सचिव र कर्मचारीसँग परिचय गरिरहँदा एकाएक अर्थसचिवको राजीनामा माग गर्ने एक पौढ यतिबेला सामाजिक सञ्जालमा चर्चित बनेका छन् ।
आफ्ना कुरा राख्ने भन्दै कार्यक्रममा पुगेका उनले मन्त्रीकै सामुन्ने अर्थसचिव घनश्याम उपाध्यायलार्य हटाउनुपर्ने मागमात्र गरेनन्,सचिवहरुले आफूले चाहेको योजनामा बजेट खन्याउने गरेको आरोप पनि लगाए । अर्थमन्त्री खनालसँग हात मिलाएर बाहिरिएका उनी खासमा पर्वतको कुश्मा नगरपालिकाको दुर्लुङका स्थायी बासिन्दा हुन् । पूर्वशिक्षकसमेत रहेका उनी अहिले भने काठमाडौं बस्छन् ।
हैन राजा, बाँच्ने त देश र जनताको लागि हो । अन्याय हामीले सहिन्न । मैले त भोगेको छु नि बाबु । जनताले भोगेका दुःख सप्पै थाहा छ, देश कसरी चलाउनुपर्छ भन्ने पनि थाहा छ । यिनीहरुसवैले गोजीबाट चिट निकालेर बजेट (विकासे योजनामा) हालेका हुन्, जनताको लागि बजेट हालेका हैनन् । त्यही भएर यिनीहरु सवै फेर्न पर्छ भनेको हो । फेरि टेरेनन् भने एक–दुई दिनमा फेरि गएर ताकेता गर्छु नि ।’
जेनजीको आन्दोलनमा पनिु हुनुहुन्थ्यो कि ?
हाम्रो नैतिक समर्थन हो । तोडफोड गर्नेलाई समर्थन हैन । यो समर्थन भनेको संचारमा यिनीहरुले प्रतिबन्ध लगाए नि,त्यसमा लगाउनु हुँदैन । संचारको हक भन्ने कुरा सवैले पाउनुपर्छ भन्ने मेरो मान्यता हो ।
कुनै अभियान चलाउनु भएको छ र ?
हेर्दै जाऊँ । तपाईंले पछि थाहा पाउनु हुन्छ । म संस्थामा छैन । म चाहिँ देशैभरका नागरिकको पीडाको आवाजलाई बुलन्द गर्ने मान्छे हुँ । एक ठाउँको गरीब जनताले दुःख पाइछ भने देशैभरका जनताको पीडा एउटै हुन्छ क्या बाबु ।
उनलाई चिन्नेहरु भन्छन्– कुनैबेला उनी दुर्लुङको सूर्यप्रकाश माविमा पढाउँथे । उनका पिता राप्रपाबाट गाउँपालिका उपाध्यक्ष बनेका थिए ।
‘सर, पढाउन त त्यस्तै हो, आफ्नो कुरा राख्न चाहिँ डराउने मान्छे हैन,’उनका एक विद्यार्थीले भने,‘मन्त्रालयहरुतिर जाने,कुरा बुझ्ने, आफ्नो कुरा भन्ने काम गर्न उहाँ माहिर नै हो ।’





