मंगलबार, असोज २७ २०८३

मंगलबार, असोज २७ २०८३
  • २७ असोज २०८३ , मंगलबार
  • October 13 2026

लुटपाट र भवन जलाउनेहरु खोज्दै महानगर

लुटपाट र भवन जलाउनेहरु खोज्दै महानगर

नागरिक सेवाको लागि वैकल्पिक व्यवस्था


  • ढोरपाटन संवाददाता
  • भाद्र ३१ २०८२, मंगलबार

पोखरा/जेनजी आन्दोलनका क्रममा पोखरा महानगरपालिकाको मुख्य प्रशासकीय भवन पूर्ण रूपमा क्षतिग्रस्त बनेको छ । आन्दोलनका नाममा भवनमा गरिएको आगजनीका कारण कार्यालयका महत्वपूर्ण कागजातहरू जलेर खरानी हुन पुगे । कार्यालयका सबैजसो कोठाहरूमा आगो लगाइएको छ, भने प्रमुखको कार्यकक्षमा तोडफोड गरिएको छ । कार्यालयका कतिपय सामग्रीहरू चोरी भएको महानगरले जनाएको छ । वडा कार्यालयहरुको अवस्था पनि उस्तै छ ।

तर,कार्यालय र कागजात नै नभए पनि महानगरले असोज १ गतेदेखि नियमित गर्ने तयारी गरिएको छ । त्यसको लागि महागनरले बचेका संरचनाहरु प्रयोगमा ल्याउने निर्णय गरेको छ । जस अनुसार अब नयाँबजारमा दमकल राखिने र हाल स्वास्थ्य सेवा प्रदान भइरहेको स्थानमा मेयर र उपमेयर र प्रमुख प्रशासकीय अधिकृतको कार्यालयसहित सार्वजनिक लेखा समिति,कानून, सरसफाइ,सूचना प्रविधि र दमकलको सेवा दिइने छ । पोखरा सभागृहबाट प्रशासन, राजश्व,सहरी विकास महाशाखा, भण्डार शाखा, तथ्याङ्क शाखा, विपत÷उजुरी फछ्र्यौट, अभिलेखीकरण, पञ्जीकरण, लेखा र महानगर प्रहरी बलको सेवा पाइने छ । साविकको शिक्षा महाशाखामा शिक्षा र आर्थिक प्रशासन महाशाखा रहने छन् । सामाजिक विकास महाशाखा अहिले रहेको सिर्जनाचोकमै रहने छ । पूर्वाधार र आर्थिक विकास महाशाखाले साविक भएकै ठाउँबाट सेवा दिने छन् ।

महानगरले पमहानगरपालिका, वडा कार्यालय लगायत मातहतका कार्यालयहरूबाट कोही कसैले सामग्रीहरू लगेको भए इमान्दारीपूर्वक फिर्ता गर्न आग्रह गरेको छ ।

महानगरले विद्यमान व्यवस्थामा आफ्ना असन्तुष्टिहरू शान्तिपूर्ण ढङ्गले राख्न पाउने नागरिकको संवैधानिक अधिकार सुनिश्चित भएको भए पनि त्यसका विपरीत अराजक र प्रतिशोधपूर्ण शैलीमा नगरवासीहरूको सेवाका लागि प्रमुख अड्डाका रूपमा रहेको प्रशासकीय भवनमा तोडफोड र आगजनी निन्दनीय भएको बताएको छ । त्यस्तो अपराधमा संलग्नहरूको पहिचानका लागि आवश्यक प्रक्रिया अगाडि बढाइएको पनि महानगरले जनाएको छ । महानगरले भनेको छ,‘ कार्यालय समयमा काम गरिरहेका कर्मचारीहरूमा आतंक सृजना गरी सार्वजनिक सम्पत्तिमा क्षति पु¥याउने, चोरी गर्ने र कार्यालयका सवारी साधनहरुमा आगजनी गर्ने सवैको खोजी र पहिचान गरी प्रचलित कानून बमोजिम कारबाही गरिने छ ।’

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->